राष्ट्र बैंकद्धारा आधाभन्दा बढीको ठूला सहकारीको निरिक्षण सम्पन्न, समस्याको चाङ देखेर कमिटि नै चकित

२२ फाल्गुन २०८०, मंगलवार १३:०१

काठमाडौं । दास्रोपटक ठूला सहकारीको निरिक्षणमा रहेको नेपाल राष्ट्र बैंकको सहभागीतामा ९ मध्ये ६ वटा ठूला सहकारी संस्थाहरुको अनुगमन निरीक्षण सम्पन्न गरेको छ ।

राष्ट्र बैंक५० करोडमाथि रपूँजी भएका सहकारीको अनुगमन सुरु गरेको हो । सहकारीमा भएका समस्या देखेर निरिक्षणमा खटेका अधिकारीहरु नै चकित परेका छन् ।

सहकारी विभागले छानेका श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन हुनेछ ।

दास्रोपटक निरिक्षणमा रहेको राष्ट्र बैंकले निरिक्षणको क्रममा थुप्रै कैफियत पत्ता लगाएको छ । सहकारी विभागका अनुसार राष्ट्र बैंकका उप कार्यकारी निर्देशकसमेत सहभागी रहेको अनुगमन टोलीले हालसम्म ६ वटा ठूला सहकारी संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण सम्पन्न गरेको हो ।

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार अनुगमन निरीक्षण गरिने ६ वटाको स्थलगत अनुगमन सकिएको जानकारी दिएका छन् । अनुगमनमा खटिने एक अधिकारीले सहकारीको अवस्था निकै नाजुक रहेको जानकारी दिएका छन् । यद्यपी नौ वटै निरिक्षण नसकिएसम्म अन्तिम रिर्पोट भने सार्वजनिक नगर्ने कमिटिको धारणा रहेको छ ।

‘६ वटा ठूला सहकारीको स्थलगत अनुगमनको काम सकिएको छ, राष्ट्र बैंकबाट आउनु भएका साथीहरुले अहिलेको फाइनान्सियल स्टाटस र समग्र वित्तीय पाटो हेर्नु भएको छ, ऐन पालना गर्ने र सुशाासनमा चुकेको देखिएको निरिक्षणमा पत्ता लागिएको छ ।

अनुगमनमा सहभागी अधिकारीहरुका अनुसार अनुगमन सकिएका सहकारी संस्थाहरुको वित्तीय अवस्था र कारोबार पद्धति देखेर राष्ट्र बैंकका उपकार्यकारी निर्देशकहरु छक्क परेका छन् । राष्ट्र बैंकबाट सहकारी अनुगमनका लागि डा। रमेश चौलागाईं, रामकृष्ण राई र रमेश पौडेल खटिएका छन् ।

सबै ९ वटै सहकारी संस्थाहरुको अनुगमन सकेर रपोर्ट तयार गर्ने बीचमा सार्वजनिक नगर्ने तयारीमा कमिटि जुटेको छ ।

०७७ सम्म सहकारी विभागको तथ्यांकअनुसार देशभर सहकारी संस्थाको संख्या २९ हजार आठ सय ८६ छन् । जसको कुल सेयर पुँजी ९४ अर्ब १० करोडभन्दा बढी छ । तर, सहकारी विभागको नियमन क्षेत्रमा भने एक सय २५ मात्रै संस्था छन् । जसको कुल सेयर पुँजी ३२ करोड ६ लाख २८ हजार नौ सय ५७ छ । ०७९ फागुनसम्म सहकारी संस्थाको संख्या ३१ हजार तीन सय ७३ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्व तीन करोड बचत र चार खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको सर्वेक्षणले देखाएको छ ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, ०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई आग्रह गरेको थियो । तर, केन्द्रीय बैंक आफूले एक्लै सहकारीको अनुगमन नगर्ने बताएपछि सहकार्य गरिएको विभागले जनाएको छ ।

विगतमा सांसदहरूले नै सहकारी ऐनलाई कमजोर बनाएकै कारण अहिले सहकारी क्षेत्रमा समस्या आएको जानकारहरूले बताउँदै आएका छन् । यद्यपि सहकारी कानुन फितलो बनाउने प्रयास अहिले पनि रोकिएको छैन, जसअनुसार गत माघ २५ मा प्रतिनिधिसभाबाट पारित भएको सहकारी विधेयकमा व्यक्तिगत बचतको सीमा हटाउने व्यवस्था गरिनुले यो पुष्टि हुने जानकारहरू बताउँछन् । बचत तथा ऋण सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक सदनबाट बहुमतले पारित भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*