नेप्सेमा सोल्टी होटलको ४४ लाख कित्ता बोनस सेयर सूचीकृत

२३ फाल्गुन २०८०, बुधबार १४:४६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ । अब उक्त बोनस हितग्राही खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*