अर्थमन्त्री पुनले पूँजी बजार चलयमान बनाउने लगानीकर्ताको आश, के के छन् अपेक्षा ?

२५ फाल्गुन २०८०, शुक्रबार १४:०१

काठमाडौँ । सरकारमा आएको परिवर्तनले सेयर बजारमा उचाप चडाब देखिएको छ । राजनीतिक गठबन्धन भएको फेरबदलले सेयर बजारमा समेत ठुलो प्रभाव गरेको हो ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा सोमबार आर्थिक क्षेत्रमा सुरु भएको थियो । शेयर बजारमा सर्वाधिक मन पराउने नाम हो विष्णु पौडेल । एमाले सत्ता आउने भएपछि सेयर बजारमा लगानीकर्ताले अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने आश गरेका थिए । जुन कारण सेयर बजार सोमबार तेस्रो पटक सर्किट लाग्दै बन्द भयो ।

तर, नयाँ गठबन्धकको भागभन्डा माओवादी नेता वर्षमान पुन अर्थमन्त्री बन्ने सहमति पछि सेयर बजार मंगलबार ७० अकंले ओरालो लाग्यो । बुधबार र बिहिबार भने बजार समालिएको छ । समग्रमा यो साता लगानकर्ता लागि आशावादी बनेको हो । बजार यो साता ५८।४५ अकंले बढेको छ । लगानीकर्ताको मनोबलले सेयर बजारमा प्रमुख भुमिका खेलेको हुन्छ । लगानीकर्ता बजारीय हल्लाका भरमा मनोबल खुम्चाउँदा बजारले गति लिन सकेको छैन ।

नयाँ अर्थमन्त्री माथि लगानीकर्ताको विश्वास, के के अपेक्षा ?

कार्यभार सम्हाल्दै अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको हुँदा यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु नहुने तर्क गरे । शेयर बजारमा मन्त्री पुनलाई स्वीकार नगरेको र रातो चिन्ह देखाएको भन्दै चर्चा भइरहेको बेला पदभार ग्रहण गर्दै अर्थमन्त्री पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बजारलाई चलायमान लगानीकर्ताको मुख्य एजेण्डाको रुपमा पुँजीगत लाभकर घटाएर दीर्घकालीन लगानीकर्ताको लागि ३ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि ५ प्रतिशत कायम माग रहेको छ । सेयर बजारमा नियमकको लचिलो नीति लगानीकर्ताले खोजेका छन् । शेयर कर्जाको जोखिम भार घटाउनु र शेयर धितो कर्जामा लगाईएको सीमा हटाउनु गर्ने माग लागानीकर्ताको रहेको छ ।

एमाले र माओवादी सहितको सरकार बनेपछि राष्ट्र बैंकसँगको ट्युनिङ मिल्ने लगानीकर्ताको आशा रहेको छ । सेयर बजारलाई बाधा गर्ने केहि नीति परिमार्जन हुने विश्वास समेत गरेका छन् ।

यता, सेयर बजारमा प्रभाव पार्ने पहिलो कुरा ब्याजदर हो । अहिले निक्षेपको मात्रै ब्याज घटेको र कर्जाको ब्याज पनि घटाउनु पर्ने वातारण सिर्जना गर्ने जिम्मेवारी समेत अर्थमन्त्री पुनसँग रहेको छ । लगानीकर्ताले नयाँ स्टक समेत खोजि हरेका छन् । निजी क्षेत्रको लगानीको स्टक मार्केट आउनु गर्ने माग समेत राख्दै आएका छन् । कमोडिटी एक्सचेन्ज आउनु पर्ने समेत लगानीकर्ता माग रहेको छ ।

त्यस्तै, धितोपत्र बोर्ड अध्यक्ष बिहिन छ । लगानीकर्ताको हितमा काम गर्ने झटै एक योग्य बोर्ड अध्यक्ष चुन्ने जिम्मेवारी समेत पुनमा रहेको छ । यसअघि १०० रुपैयाँमा आइपीओ भर्दै आएका लगानीकर्तालाई प्रिमियम आइपीओ स्वीकृती दिएर धितोपत्र भ्रष्टाचार लिप्त भएको ओरोप लागि रहेको थियो । यसैपनि अबको बोर्ड अध्यक्ष समक्ष र पूँजी बजारमा लगानीकर्ताको मनोभावना बुझ्ने हुनु जरुरी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*