क्रसबोर्डर पेमेन्ट खुल्ला गरेर राष्ट्रघात गर्दै गभर्नर महाप्रसाद अधिकारी, चार करोड नेपालीको बैंक खाता जोखिममा

८ चैत्र २०८०, बिहीबार ०६:५५

काठमाडौं । राष्ट्रको आफ्नै पेमेन्ट गेटवे सिष्टम नभएको र निजि कम्पनीहरुको भरमा परेर कमजोर सुरक्षा अवस्थाका बीचमा गभर्नर महाप्रसाद अधिकारीले क्रसबोर्डर पेमेन्ट सुरु गरेर गम्भिर राष्ट्रघाततर्फ अघि बढिरहेका छन् । हचुवाको भरमा गभर्नर महाप्रसाद अधिकारीले सुरु गर्न लागेको क्रस बोर्डर पेमेन्टका कारण चार करोडभन्दा बढि नेपाली खातावालको सुरक्षा जोखिममा पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले छिट्टै क्रसबोर्डर पेमेन्ट खुल्ला गर्ने प्रयास गरिरहेको छ । तर, क्रसबोर्डर पेमेन्टको जोखिम विश्लेषण नगरी हचुवाको भरमा कमजोर सुरक्षाका बीच चलिरहेको नेपाली डिजिटल बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय गिरोह र अपराधीहरुको सहज पहुँच स्थापित गर्न सहमति दिने प्रयास गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो पटक गभर्नर महाप्रसाद अधिकारी भारत भ्रमणमा गएर भारतीय अधिकारीहरुको कुरा सुनेर फर्केपछि जसरी पनि भारतसँग क्रसबोर्डर कारोबार खुल्ला गर्न लागि परेका छन् । स्रोतका अनुसार त्यसको लागि सिष्टम जडान र केही पटक परिक्षण समेत भइसकेको छ ।

तर, नेपालको आन्तरिक प्रणाली बलियो नबनाई भारतीय सिष्टममा जोड्दा यसबाट उत्पन्न हुने क्षतिबारे कति कतै ध्यान दिइएको छैन । अझ निजि कम्पनी एफवान सफ्टका कारण कुनै पनि नेपालीको बैंक खाता सुरक्षित छैन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै खाता सुरक्षित छैन भने आम जनताको खाता कसरी सुरक्षित होला ? गम्भिर प्रश्न उठेको छ ।

भारतसँग नेपाल क्लीयरिङ हाउस र एफवान सफ्टले छुट्टाछुट्टै सम्झौता गरेर क्रस बोर्डर कारोबार खुल्ला गर्ने सम्झौता गरेका छन् । नेपाल सरकारले सञ्चालन गरेको आफ्नै पेमेन्ट गेटवे खडा नगरी भारतसँग क्रसबोर्डर कारोबार खुल्ला गर्दा नेपालीहरुको खाताको गोपनियता भंग हुने गम्भिर सुरक्षा खतरातर्फ नजर अन्दाज गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले गम्भिर राष्ट्रघात हुँदै गरेको बारे कुनै चासो देखाएका छैनन् । बीमापोष्टको सम्पर्कमा आएका एक बैंकका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘गम्भिर सुरक्षा खतरा छ, नेशनल पेमेन्ट गेटवे छैन, कडा सुरक्षा व्यवस्था लागू गर्न सकेका छैनौं, सबै बैंकहरु अघि बढिसके, हामीले मात्रै क्रसबोर्डर पेमेन्ट रोक्दा पछि परिने अवस्था छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*