एफवान सफ्टमा बढ्दो जोखिम, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरे बहिष्कार

रिना खत्री
८ चैत्र २०८०, बिहीबार १४:४७

काठमाडौं । एफवान सफ्ट मार्फत डिजिटल भुक्तानी कारोबार गर्दा सर्वसाधारणको बैंक खातामा जोखिम बढेसँगै दुई बैंकले नेशनल पेमेन्ट गेटवेका रुपमा बहिष्कार गरेका छन्।ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफवान सफ्टको विश्वनियतामाथि प्रश्न उठाउदै विद्युतीय भुक्तानी साझेदारी गर्न अस्वीकार गरेको पाईएको छ।

डिजिटल बैंकिङ्मा एफवान सफ्टमार्फत नेपालका अन्य बैंकहरुबाट कारोबार गर्न मिलेपनि ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्डमार्फत अनलाईन बैंकिङ्ग कारोबार गर्न मिल्दैन ।मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा आवद्ध लाखौं जनतालाई प्रत्यक्ष रुपमा असर पुर्याउने आंशकाको कारण यी बैंकहरुले एफवान सफ्टसँग कारोबार गर्न नचाहेको यी दुई बैंकको धारणा रहेको छ ।

त्यस्तै, विकास बैंकमध्ये पनि सबैजसो बैंकहरु यही सफ्वेयरको प्रयोगद्वारा आफ्नो अनलाइन कारोबार सञ्चालन गर्दै आएका छन् । फाइनान्स कम्पनीतर्फ भने दुई वटा कम्पनी मात्रै यो सेवासँग आवद्ध छन् ।इसेवाले भुक्तानी सेवा प्रदायक (पीएसपी) को सर्भिस हेर्छ भने सिरान टेक्नोलोजीले अनलाइन वा वेभसाइटहरुको डिजाइन, डेभलपमेन्ट र सपोर्टको काम गर्छ।

अहिले देशका २० वाणिज्य बैंकमध्ये १८ वटा वाणिज्य बैंकहरु एफवान सफ्टसँग आवद्ध छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ जस्ता सेवाहरु सोही कम्पनीले बनाएको सफ्टवेयर मार्फत् नै सञ्चालन हुँदै आएका छन् ।फवान सफ्ट आफैंले देशका ९० प्रतिशत बैंकहरुमा आफ्नो उपस्थिति रहेको दाबी गरिरहेको छ । तर, यति धेरै वित्तीय संस्थाहरुको भुक्तानी प्रणालीको व्यवस्थापन गर्दै आएको एफवान सफ्टप्रति विभिन्न कोणबाट शंका उब्जिन थालेको छ।

एफवान सफ्टकै टेक्नोलोजी प्रयोग गर्ने एक वाणिज्य बैंकका आईटी विभाग प्रमुख भन्छन्, ‘हामीले उहाँहरुलाई कोर बैंकिङमा एक्सेस दिएका हुँदैनौ, तर सेवा सञ्चालनका लागि जति पनि पहुँच दिनुपर्छ, त्यसले गर्दा हाम्रा ग्राहकका सबैजसो सूचना उहाँहरुसँग पुग्छ ।’

उनी थप्छन्, ‘सूचना मात्रै होइन भुक्तानी गर्ने पहुँच पनि हामीले दिएका हुन्छौं । उहाँहरुको सफ्टवेयरबाट भएको अर्डरले हाम्रो सफ्टवेयरमा भएको ब्यालेन्सलाई डेबिट, क्रेडिट गर्नसक्ने व्यवस्था हामीले मिलाउनै पर्छ। त्यसो गरिएन भने त हाम्रो भुक्तानी सिस्टम नै चल्दैन ।’ पछिल्लो समय सो कम्पनीले साइबर सुरक्षामा ध्यान नदिएको गुनासो समेत उनले गरे ।‘इसेवाबाट हाम्रो सिस्टममा सीधै एक्सेस हुन्छ, पछिल्लो समय उहाँहरुले सेक्युरिटी फिचरमा ध्यान दिइरहनुभएको छैन । त्यसले समस्या निम्त्यिाउन सक्छ।

अनलाइन पेमेन्ट सिस्टममै एकाधिकार जमाएको सो कम्पनीप्रति बढ्दो अविश्वासले अहिले बैंकरहरु समेत तनावमा छन् । उनीहरुको तनाव एफवान सफ्टले भोलिका दिनमा सुरक्षित बैंकिङ् कारोबार बन्छ बन्दैन भन्ने ठूलो चुनौती देखिएका छन्।
एफवान सफ्ट प्रयो नगर्ने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘हामीलाई एफवानसफ्टको सिस्टम प्रयोग गर्दैनौं, अन्य विकल्प खोजिरहेका छौं ।’डिजिटल बैंकिङ्गमा चिन्ता भनेको व्यक्तिगत गोपनियताको हो । मानिसले कतिपय व्यक्तिगत सूचनाहरु समेत कानूनी प्रयोजनका लागि बैंकिङ क्षेत्र वा पेमेन्ट सेवा प्रदायकलाई दिनुपर्छ ।

यस्ता सूचनाहरुलाई अनधिकृत रुपमा प्रयोग गर्ने र व्यक्तिगत गोपनियता बाहिर जाने अर्को सम्भावना समेत देख्न सकिन्छ ।डार्कनेट जस्ता सफ्टवेयरहरुमार्फत् अहिले त्यस्ता सूचनाहरुको अनधिकृत रुपमा खरिदबिक्री भइरहन्छ । यस्तो सूचनालाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्नसक्ने समेत विज्ञहरु बताउँछन् । यस्तोमा फस्ने अवस्था नहोस् भन्ने चासो हो ।

नेपाल राष्ट्र बैंक भने भुक्तानी प्रणालीको सुरक्षा र सुविधाको पहिलो उत्तरदायित्व बैंकहरु आफैं भएको दाबी गर्छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग हेर्ने दिपक अधिकारीले नेपालले भुक्तानी प्रणालीका लागि कुन सिस्टम वा कुन सफ्टवेयर प्रयोग गर्ने, त्यो सिस्टम सुरक्षित छ कि छैन भनेर बैंक आफैंले हेर्नुपर्ने भन्दै राष्ट्र बैंकले त्यसको निरीक्षण वा सुपरिवेक्षण मात्रै गर्ने बताए ।

पेमेन्ट सर्भिस प्रोभाइडर र बैंकसँग मात्रै प्रत्यक्ष रुपमा सरोकार राख्छौं । सफ्टवेयर निर्माता कम्पनीसँग प्रत्यक्ष रुपमा हाम्रो कुनै सम्बन्ध हुन्न । उनीहरुलाई कम्पनी रजिष्ट्रार कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्ने हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*