विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी बिषयको लागि नेपालले ६ जनाको लागि छात्रवृत्ति वितरण गर्ने, यस्ता छन् आवेदन दिने प्रकृया

२६ चैत्र २०८०, सोमबार १४:२१

काठमाडौं । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो विश्वकै महंगो र दुलर्भ शिक्षा लिन पाइन्छ भन्ने सुन्दा आश्चर्य पनि लाग्न सक्छ । नेपालमा मेडिकल साइन्स, इन्जिनियरिङमा विद्यार्थीहरुको ठूलो भिड लाग्ने गरेको छ । तर, मेडिकल साइन्स र इन्जिनियरिङ भन्दा कैयौं गुणा बढि मान्यता भएको एक्चुरियल साइन्सको पढाईमा आकर्षण तुलनात्मक रुपमा कमै छ ।

गणितमा तीक्ष्ण भएका विद्यार्थीहरुले मात्रै एक्चुरियल साइन्स हुने भएकोले यसको अध्ययनमा कठिनता भने पक्कै छ । नियामक निकाय नेपाल बीमा प्राधिकरण समेत विदेशी एक्चुरीमा भर पर्नुपर्दा समयमै बीमा कम्पनीको वित्तीय विवरण पास गर्न सकिरहेको छैन ।

विश्वकै पाँचौं उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरीले बार्षिक तीनदेखि चार लाख डलरभन्दा धेरै आम्दानी गर्छन् । यतिधेरै आम्दानी हुने एक्चुरी भने विश्वमै एकदमै कम छन्, नेपालमा त यति महंगो एक्चुरीलाई थेग्न सकिने कुरै भएन ।
हाल नेपालमा पूर्ण रुपमा कोर्स सकाएका एक जना पनि एक्चुरी छैनन् । केही नेपालीले एक्चुरी उपाधि हासिल गरेका भए पनि उनीहरु नेपालमा छैनन् । नेपालमा काम गरिरहेका केहीले पुरा कोर्ष गर्न बाँकी छ ।

विश्वमै सबैभन्दा धेरै आम्दानी गर्ने जागिरको रुपमा परिचित गणित विज्ञानले यो बर्ष आफनै विधालयभित्रबाट ६ जनालाई छात्रबृति वितरण गर्न लागेको गणित विज्ञान स्कूलका कार्यक्रम संयोजक केशव राज फुलारालले जानकारी दिएका छन्।

 

उनले हाल विद्यालयमै अध्ययनरत दुई जेहेन्दार विद्यार्थी र दुई आरक्षण र बाँकि दुई खुल्लाका लागि ६ जनाको लागि छात्रबृति खुल्ला गर्न लागेको जानकारी दिएका हुन् ।
विद्यालयमार्फत नै छानिएका दुई जेहेन्दार विद्यार्थीलाई बार्षिक पाँच प्रतिशतको दरले मात्रै शुल्क लिने र खुल्ला र आरक्षणको चारजनालाई सेमेस्टर रुपमा १० प्रतिशत शुल्क लिने उनले बताए ।

हाल गणित विज्ञान स्कूलमा अध्ययनरत विद्यार्थीले समेस्टर शुल्क ५० देखि ६० हजार रुपैयाँसम्म बुझाउनुपर्ने अवस्था रहेको छ । विद्यालयमा हाल २ सय ३ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत गणित विज्ञान स्कूलले २ जना विद्यार्थीलाई जेहेन्दार छात्रबृति वितरण गर्ने भएको छ । विद्यालयले एक सूचना प्रकाशित गर्दै उक्त छात्रबृतिको लागि तोकिएको मापदण्ड बमोजिम आवेदन दिन आग्रह गरेको हो ।

स्कूलमा अध्ययनरथ विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको छात्रवृत्ति सम्बन्धि निदेशिका २०७९ अनुसार स्नातकोत्तर तहको डाटा साईन्स (एमडीएस) कार्यक्रमको २०७९ समुहको प्रथम वर्ष प्रथम सेमेप्टर, प्रथम वर्ष दोश्रो सेमेष्टर, दोश्रो वर्ष तेश्रो सेमेष्टरमा प्रदान गरिने छात्रबृतिको लागि आवेदन माग गरेको छ । सो छात्रबृतिको लागि चैत ३० आवेदन दिन आग्रह गरेको छ ।

छात्रबृतिमा छनौट गर्ने मापदण्डः

१. जेहेन्दार छात्रवृत्ति १ जना छात्र, १ जना छात्रा
क) प्रथम सेमेष्टरमा प्रवेश परीक्षाको प्राप्ताङको र अन्य सेमेष्टरको हकमा अघिल्लो सेमेष्टरको अन्तिम परीक्षाको नतिजाको आधारमा ।

२. निःशुल्क छात्रवृत्तिः १०%
क) निःशुल्क छात्रवृत्तिका लागि सरकारी÷सामुदायिक विद्यालय एसएलसी/एसइई उत्तिर्ण गरेको । (स्नातकोत्तर तहको लागि सरकारी सामुदायिक विद्यालयवाट एसएलसी÷एसइई गरी आशिक सामुदायिक क्याम्पसवाट स्नातक गरेको हुनुपर्नेछ ।
ख) निः शुल्क छात्रवृत्तिका लागि ५०% खुल्ला र ५०% आरक्षण कोटाको आधारमा राखिनेछ ।
ग) आरक्षणको लागि महिला, जनजाती, मधेशी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र, मुस्लीम, थारु र अन्य (सहिद परिवार, जनआन्दोलनमा घाइते विद्यार्थीहरुले सम्बन्धीत निकायवाट प्रमाणीत कागजात पेश गर्नुपर्नेछ ।
घ) आरक्षण कोटामा आवेदन दिनको लागि कक्षा ८, ९ र (एसएलसी/एसइई)सरकारी/सामुदायिक विद्यालय भएको भनि सम्बन्धित जिल्ला शिक्षा कार्यालय वा शिक्षा सम्बन्धि सम्बन्धित सरकारी निकायवाट प्राप्त प्रमाण पेश गर्नुपर्नेछ ।
ङ) निः शुल्क छात्रवृत्ति पाउने कोटा नभरिएको खण्डमा मेरिट अनुसार छात्रवृत्ति दिइनेछ ।
चः आरक्षित कोटामा आवेदन दिन आवेदकहरुवाट उक्त कोटाहरु नभएको खण्डमा खुल्ला आवेदकहरुको नाम प्रकाशन गरिनेछ ।
छ) प्रत्येक सेमेष्टरको लागि छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ ।
ज) छात्रवृत्तिको लागि आवेदन स्कूलको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

बीमा व्यवसायीले नेपालमा बीमा सम्बन्धी काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनु परेको छ। बीमा कम्पनीले विदेशी कन्सल्ट्यान्ट मार्फत काम गरिरहेको छ। समितिले एक्चुरीको लागि बार्षिक ३० लाख रुपैयाँभन्दा धेरै कन्सल्ट्यान्टलाई बुझाउँदै आएको छ।

नेपालको हकमा एउटा बीमा कम्पनीमा काम गरेको एक्चुरीले अर्को बीमा कम्पनीमा काम गर्न पाउँदैन। तर जीवन बीमा कम्पनीमा एक्चुरी गर्नेले निर्जीवन बीमा कम्पनीमा काम गर्न पाउछन्।

अहिले बीमामा मात्र यसको अनिवार्य गरिएको भए पनि बिस्तारै बैंक तथा लामो समय दायित्व निर्वाह वहन गर्ने संस्थामा यो अनिवार्य हुदै जाने देखिन्छ। एनएफआरएस अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने व्यवस्था छन्। यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्थाहरुले पनि एक्चुरी गर्नुपर्ने हुन्छ।

त्यस्तै कर्मचारी सञ्चयकोष नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता दीर्घकालीन कोषको ब्यबस्थापन गर्ने भएकाले यिनीहरुलाई पनि एक्चुरीको आवश्यकता पर्छ। नेपालमा एक जना पनि एक्चुरी नहुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यताका कारण राष्ट्र बैंकले यसलाई अनिवार्य गर्न सकिरहेको छैन।

नेपालमा एक्चुरीको अभाव भएपछि त्रिभुवन विश्वविद्यालयले यसको पढाइ सुरु गरेको छ। शैक्षिक रुपमा गणित विज्ञान स्कुलको रुपमा सुरु भए पनि यसको प्रमुख उद्देश्य एक्चुरीको उपाधि हासिल गराउनु नै हो। प्लस टु परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस स्कुलमा इन्ट्रान्स परीक्षा दिन सक्छन्। जम्मा ३६ जनाको कोटा रहेको यसमा पहिलो वर्ष कोटाभन्दा कम इन्ट्रान्स परीक्षामा सहभागी भएका थिए।

नेपालमा  यस परिक्षाका लागि अत्याधिक आकर्षण देखिँदै आएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*