कोरोना महामारीमा सिटिजन लाइफमा आबद्ध भएका संखुवासभाका बम्जनले फैलाए ९० जनाको सञ्जाल

२७ चैत्र २०८०, मंगलवार १४:१५

काठमाडौं । जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा हुँदैन् । कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण संखुवासभाका शिक्षक तथा सिटिजन लाइफका अभिकर्ता रामजी बम्जन पनि एक हुन् । छोटो अवधीमा नै जीवन बीमा व्यवसायमा ९० जनाको बिशाल साम्राज्य फैलाएर संखुवासभाका बम्जनले आफूलाई उदाहरणीय र एक सफल बीमा अभिकर्ताको रुपमा स्थापित गराउन सफल भएका छन् ।

कोराना महामारीले कतिपयलाई परिवार विहिन मात्र बनाएन्न् घरबार बिहीन समेत बनाए । कोरोना महामारीपछि धेरै जनाको जीवनको कथा फेरियो । त्यस्तै, कोरोना महामारीपछि आफ्नो जीवनको कथा बदल्ने व्यक्तिहरुमा पर्न सफल भएका छन् सिटिजन लाइफका रामजी बम्जन ।

कोरोना महामारीले धेरैको जीवनमा नराम्रो असर पर्यो। चुनौंती र अवसरको बिचमा सिटिजन लाइफ इन्स्योरेन्सका अभिकर्ता राम बमजनले भने चुनौंतीलाई जितेर अवसरमा परिणत गरेको छ । बमजन यतिबेला संखुवासभाको दूरदराज गाउँको विद्यालयमा सामाजिक शिक्षक पनि हुन् । उनी यत्तिबेला शिक्षण पेशामामा मात्र सीमित छैनन् सामाजिक अभियन्ता र सिटिजन लाइफमा बीमा अभिकर्ताको रुपमा व्यस्त रहेका छन् । उनको जिन्दगीमा आएका आरोह अवरोहले विभिन्न समस्याको सामना गर्दै शिक्षकको रुपमा मात्र चिनाएनन् साथमा सिटिजन लाईफ इन्स्योरेन्सको बीमा अभिकर्ता बनेर आफूलाई चिनाएका छन् ।

गाउँका किसान तथा निम्न आयआर्जन भएका मानिसहरुको जीवनयापन सहज बनाउनका लागि २०६४ सालतिर सहकारी सञ्चालक बनेका उनी, जहिले पनि सहकारीबाट ऋण लिने ऋणीहरुका बारेमा धेरै चिन्ता हुने गरेको सुनाए । कोरोना महामारी र निम्न आयआर्जन भएका गाउँका मानिसहरुले ऋण त लिरहेका थिए । तर व्याज बढ्नाले ऋणको भार बढ्ने उनलाई चिन्ता लाग्ने गरेको बताए । र त्यसको समाधान खोज्दै जाँदा बीमा पनि एउटा उपायको रुपमा देखे ।

सहकारी संस्थाले आयोजना गरेको इलाका भेलामा आफै उपस्थित हुन उनी इटहरी पुगे । र, भेलामा बीमा प्रशिक्षकको रुपमा सहभागी सिटिजन लाइफको एरिया ब्रान्च म्यानेजर राम बहादुर खत्रीले बीमा सम्बन्धी दिएको प्रशिक्षणले उनलाई आकर्षित बनाए । भेला प्रशिक्षणको क्रममा बीमाले ऋणलाई जोखिम हस्तान्तरण गर्ने र ऋणीहरुको ऋणको समेत बीमा गर्न सकिने थाहा पाइसेकपछि मख्ख हुँदै घर फर्किएका बमजनले बिमा व्यवसायलाई शुरु गरे ।

जहाँ मानिसको इच्छा हुन्छ त्यहाँ उपाय भने जस्तै उनले सँधै गाँउका ऋणीहरुको चिन्ता गर्ने समस्याको समाधान भैसकेको थियो । उनले आफ्नो सहकारीमा आवद्ध भएका ऋणीहरुलाई ऋणको बीमा (म्यादी बीमा) गराउन थाले । उतिबेला आफु प्रायःजसो बचतकर्ताहरुका बीमा गराउनको लागि सिटिजन लाइफको शाखा कार्यालयमा दैनिक जसो धाउन गरेको बताए ।

दैनिकजसो शाखा कार्यालयमा सहभागी भैरहने भएपछि र शाखा प्रमुखले उनलाई इन्स्योरेन्सको अभिकर्ता बनेर काम गर्न सुझाव दिएका थिए । त्यतिबेला कोरोना महामारीको दबदबा बढीरहेको अवस्था थियो । कोरोना महामारीले मानिसहरुको ज्यान लिइरहेका थिए । त्यतिबेला धेरै मानिसहरूले आफ्नो लागि भन्दा पनि आफ्नो परिवारको लागि भएपनि बीमा गराईरहेका थिए ।

कोरोना महामारीका कारण विद्यालयहरु बन्द थिए । उनी शिक्षण पेशामा आवद्ध रहेका कारण सँधै विद्यालय जानुपर्ने बाध्यता थियो । मानिसहरुले कुनै पनि कुरामा इच्छा, रुचि देखाएमा एकदिन ढिलो–चाँडो न हो । त्यो पूरा भएर नै छाड्छ भने जस्तै । त्यस्तै कुरा अभिकर्ता बमजनको जीवनमा पनि भएको पाइयो । कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि उनले विभिन्न अनलाईन माध्यमबाट बीमा सम्बन्धी तालिम समेत लिएको बताए ।
आजभन्दा तीन वर्ष अघि उनी औपचारिक रुपमा सिटिजन लाइफको अभिकर्ता लाइसेन्स लिएर बीमा व्यवसायमा प्रवेश गरे । ‘त्यत्तिबेला मलाई त कम्पनीको बीमा पोलिसीको बारेमा पनि थाहा थिएन र गाँउ घरका मानिसहरुको बीमा सम्बन्धी जनचेतनाको पनि कमी थियो जसको कारण बीमा गराउन धेरै गाह्रो थियो’ उनले आफूले गरेको दुखेसो व्यक्त गरे ।

शुरुमा उनले सिटिजन लाइफका तीन वटा जीवन सारथी बीमा पोलिसी बिक्री गरे र चुप लागेर बसेको अनुभव उनले सुनाए । धेरै समय पछि फेरी सिटिजन लाइफ इन्स्योरेन्स संखुवासभाको खाँदबारी शाखाका म्यानेजर अमृत राईले उनलाई बीमा पोलिसी निरन्तर रुपमा बिक्री गर्न र स्थानीयवासीहरूको बीमा गराउन सल्लाह दिए । त्यसपछि उनी कोरोना महामारीको समयदेखि हालसम्म बीमा व्यवसायमा संलग्न रहेर बीमा अभिकर्ताको कामलाई निरन्तरता दिइरहेका छन् ।

बीमा गराउनका लागि सर्वसाधारणलाई विश्वास दिलाउनु ठूलो संघर्ष गर्नुपर्ने रहेछ । म शिक्षक र सहकारीको समेत सञ्चालक भएको कारण, मलाई बीमा गराउन त्यति गाह्रो भएन । छोराछोरीहरुका लागि आमा–बुबाको महत्व जति रहेको हुन्छ, त्यति नै सम्पत्तिको लागि पनि उत्तिकै महत्व हुन्छ भन्ने बमजनको बुझाई रहेको छ ।

कम्पनीले जहिले पनि विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमको आयोजना गरी अभिकर्ता तथा कर्मचारीहरुलाई हौसला प्रदान गर्ने गरेको छ । तर, उनले चाँही बीमितहरुलाई बीमा गराउन हौसला प्रदान गर्नको लागि कार्यक्रम नै आयोजना गरेर प्रेरित गर्ने गरेको रमाइलो अनुभव पनि बाँडेको बताए । ‘कार्यक्रम आयोजना गरेपश्चात बीमितहरुले बीमा नवीकरण र नयाँ बीमा गराउने हौसला मिलेको बताउँदै गराईदिन फोन आउने गरेको बताए ।’

गाँउ समाज सबै ठाँउमा राम्रो सम्बन्ध रहेको र शिक्षण पेशामा पनि आवद्ध भएकोले स्थानीय मानिसहरुले उनलाई चाँडै विश्वास गर्ने गरेको कुरा बताए । ‘मेरो गाउँको मात्र नभएर धेरै टाढाबाट पनि मसँग बीमा गराउनका लागि मानिसहरुले फोन गर्दछ । चिनजान भएका मानिसले पनि मेरो सम्पर्क नम्बर दिएर उहाँहरुलाई बीमा गराउन लगाएको बमजनले सुनाए ।

विगत १५ वर्षदेखि सहकारीको माध्यमबाट वित्तिय क्षेत्रमा आवद्ध भएका कारण मसँग बीमा गर्दा बीमितहरुमा बीमा प्रति शंका गर्दैनथ्यो । तर, विश्वास नलागेर होला अन्य कम्पनीका अभिकर्ताहरुसँग भने धेरै प्रश्न गर्ने गरेको मैले थाहाँ पाएँ । विगतमा ‘भौगोलिक कठिनाइका कारण मलाई बीमा गराउन धेरै संघर्ष गर्नुपथ्र्यो । बीमा नवीकरण र बीमा शुल्क उठाउन जाँदा मात्रै पनि २ हजार रुपैयाँ गाडीभाडा खर्च हुने गरेको उनी बताउँछन् ।

कम्पनीले अनलाईन प्रणालीमा फर्महरुको व्यवस्था गरेको कारण सरल भएको बताए । ‘कम्पनीले अनलाईनबाट नै फर्म डाउनलोड गरी बीमा गर्न सकिने व्यवस्था गरिदियो । अनी म फर्म डाउनलोड गरेर धेरैको बीमा गरीसकेपछि कार्यालय गएर बुझाउँने गरेको कुरा बीमा पोष्टलाई खुशी व्यक्त गर्दै भने ।

सूचना प्रविधिको विकासले बनाईदिएको सहजताले घण्टौंसम्म धाउँदै जानुपर्ने अवस्थाको अन्त्य भएको सुनाउँदै, अनलाइन सेवाको विस्तारले गाउँमै बसेर पनि काम गर्न सक्ने वातारण बनेको सुनाए । र इन्टरनेट र अनलाईन प्रविधिको विकासको कारण उनी सबैभन्दा बढी खुशी भएको बताउँछन् । ‘मेरो नेतृत्वमा अहिले ९० जनाको समुह रहेको छ । र, समुहमा १० जना अभिकर्ता निकै सक्रिय रहेका छन्’ उनले भने । समाजमा रहेका जतिसुकै शिक्षित मानिस भएपनि आफ्नो टाउकोमा जिम्मेवारी नआएसम्म बीमा गराउन अघि नबढ्ने रहेछ भन्ने समेत आफ्नो अनुभव सुनाए ।

उनले भने, भविष्यमा जोखिम कम गराउने उपायहरु खोज्न, बीमा मात्र एउटा राम्रो माध्यम भएकाले गाउँ समाजमा रहेका छरछिमेकीहरुलाई बीमा गराउन प्रेरित गर्दै विद्यालय तथा अन्य पेशा व्यवसायका क्षेत्रमा पनि बीमा गराउनु पर्ने जनचेतना जगाउँदै आएको बताए । शिक्षण पेशा र बीमा व्यवासय पनि समाजको नजिक रहेर काम गर्ने माध्यम भएकाले बीमा व्यवसायलाई समेत निरन्तरता दिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*