नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १२ विधामा पुरस्कार वितरण

२८ चैत्र २०८०, बुधबार १८:१२

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार २०८० समर्पण समारोह सम्पन्न भएको छ ।

उक्त समर्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईले नेपाल प्रज्ञा प्रतिष्ठान ‘‘बाद–विवाद र सम्वाद गर्ने थलोकोले ज्ञान उत्पादन गर्ने भन्दा पनि वहस गर्ने थलो हो ।’’ तपाइहरू बाहिर हुनुहुन्थ्यो हामीहरू यहाँ थियौं । यसलाई हामीले संयोजन मात्र गरेका हौं ।

प्रज्ञाले एउटा पक्षको मात्र काम गर्दैन । र उनले भने ज्ञानको तीन आयाम हुन्छ । वाद–विवाद र सम्वादको घर्षण हुनु जरुरी छ । कुनैपनि पक्ष विपक्ष नभनीकन साहित्य, कला, संस्कृतिमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मानस्वरुप कार्यक्रमको आयोजना गरिएको हो उनले भने ।

उनले अमेरिका जाने क्रममा जोन हार्बडको उदाहरण दिँदै भने जहाँ हजारौँ मानिसहरु जाँदो रहेछ र जोर्न हार्बडको खुट्टामा मान्छेले सम्मान स्वरुप छँदा रहेछ । मान्छेले छुँदा–छुँदा तिनको तिनका खुट्टा सुनजस्तै टल्किएको थियो । त्यसको रहस्य बुझ्दा ज्ञानको सम्मान स्वरुप आदर गर्ने रहेछ । जो अमेरिकामा जोन हार्वडलाई ज्ञानको पिताको रुपमा लिने गरिएको पाइयो । र आजको कायक्रम पनि प्रतिष्ठानले सम्मान स्वरुप गरेको हो ।

वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले भने, मैले अनुवादमा पनि पुरस्कार हुन्छ र भनेर सोधेको थिएँ । अनुवादलाई प्राविधिक काम भनिन्छ, जेटीए हुनुपथ्र्यो । प्रज्ञा प्रतिष्ठानले अनुवाद गर्नेलाई पनि पुरस्कार हुँदोरहेछ भनेर सोध्दा पहिले पनि त्यसको व्यवस्था रहेको थाहा पाएँ ?

विश्वका सर्वश्रेष्ठ किर्तिहरु अनुवाद भएको छ । अनुवादको आविष्कार नभएको भए विश्वमा बोलिने भाषाहरु त्यहीँमात्र सीमित हुन पुग्थो संग्रौलाले भने ।
त्यसैगरी साहित्यकार देवीप्रसाद गौतमले भाषा विज्ञानको क्षेत्रमा काम गर्दा पुरस्कार पाउनु महत्वपूर्ण भएको बताए । मैले यसलाई विवेकपूर्ण निर्णय ठानेको छु’, उनले भने ।

प्राध्यापक कृष्ण गौतमले प्रज्ञाले बौद्धिकताको काम गर्ने हो । नसोचिएको काम भएको छ । यसले सबैलाई समेट्तु पर्छ । त्यसैगरी घनश्याम शर्मा पौडेलले संघर्षको कारण चिन्ने अवसर पाएको बताउँदै संस्कृति, साहित्य, कलाको संरक्षण गर्नु हाम्रो पनि कर्तव्य भएकोले प्रज्ञा प्रतिष्ठानले गरेको काममा सहयोग गर्नु पर्ने बताए ।

उक्त पुरस्कार समर्पण समारोहमा मोहन विक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक पुरस्कार, वम देवानलाई प्रज्ञा संस्कृति पुरस्कार, घनश्याम शर्मा पौडेललाई समालोचना पुरस्कार, देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, डा.योगेन्द्र प्रधानलाई प्रज्ञा मातृभाषा पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी राघव पुडासैनीलाई साहित्यिक पुरस्कार, गंगा कर्मचार्यलाई बाल साहित्य पुरस्कार, पदम विश्वकर्मालाई प्रज्ञा अन्तरदेशीय पुरस्कार र खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार २०८० ले सम्मानित गरेका थिए ।

कार्यक्रमको अध्यक्षता प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य सचिव धनप्रसाद सुवेदीले गर्नुभएको थियो ।
पुरस्कारका राशी एक लाख थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*