बीमा प्राधिकरणको नयाँ वेभसाइट भद्रगोल

२ बैशाख २०८१, आईतवार ११:२१

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइट  भद्रगोल बनेको छ।आम नागरिक, बीमित, बीमक र बीमासँग सरोकारवालाहरुका लागि सहज सूचना दिन र पारदर्शीताका लागि बीमा प्राधिकरणले लाखौँ खर्च गरेर बनाएको बीमा प्राधिकरणको वेभसाइट भद्रगोल बनेको हो ।

बीमा अभिकर्ता र सर्भेयरहरुको परिक्षाको विस्तृत अपडेट राख्ने प्राधिकरणको वेवसाईट नयाँ बनाउने क्रममा लथालिङ्ग बनाईएको कारण अभिकर्ता र सर्भेयरहरुले समस्या भोग्नुपरेको गुनासो प्राधिकरणमै आउन थालेको छ ।

त्यो वेवसाइट संचालन लगायत सूचना प्रविधि सम्बन्धी काम गर्न अधिकृत स्तरको आईटी इन्जीनियर पनि राखिएको छ ।

करिब चार लाखको लागतमा बनेको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको भद्रगोल बन्दा तथ्यांक केलाउने बीमा विज्ञहरुलाई समस्या परेको छ । नविनतम् प्रविधिमा जोड दिनेक्रममा ल्याएको नयाँ वेभसाइटमा पूराना डाटा भद्रगोल बनेको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश गर्न ल्याएको यो वेवसाईटमा हरेक विभागको तथ्यांक देखाईएको छैन । नयाँ सिस्टममा पुराना तथ्यांक नभेटिएको प्रयोगकर्ताहरुको गुनासो रहेको छ। यसअघि बीमा प्राधिकरणले पेश गर्ने गरेको मासिक वित्तिय विवरणमा पनि पुराना सम्पूर्ण डाटाहरु राखिएका छैनन् ।

बीमा प्राधिकरणले वेवसाईटलाई प्रविधिमैत्री बनाउने क्रममा विभिन्न तथ्यांक गायब हुँदा बीमाको डाटा सहज पाउन नसकेको बीमा अधिकारीहरुको गुनासो रहेको छ ।प्राधिकरणले आफनो वेवसाईटमा आर्थिक बर्ष २०७७र७८ देखि २०८०र८१ सम्मको मात्रै तथ्यांक प्रस्तुत गरिदिएको छ। पुरानो डाटा समावेश गरेपनि सिस्टममा समस्या देखिएको कारण पुरानो तथ्यांक समावेश गर्ने काम भईरहेको प्राधिकरण बताँउछन् ।

त्यस्तै, कृषि बीमाको तथ्यांक एकै आर्थिक बर्षको दुईपटक दोहराएर प्रस्तुत गरिदिएको छ। प्राधिकरणले आफनो नयाँ वेवसाईटमा कृषि बीमाको पुरानो तथ्यांक अर्थात् आर्थिक बर्ष २०७७र७८ को तथ्यांक नै दुई पटक पेश गरेर देखाएको छ।

 

त्यस्तै, बीमा कम्पनीहरुको बार्षिक प्रतिवेदन पनि चार आर्थिक बर्षको मात्रै पेश गरेका छन् । प्राधिकरणको नयाँ वेवासाईटमा आर्थिक बर्ष २०७७र७८ देखि २०८०र८१ सम्मको मात्रै तथ्यांक प्रस्तुत गरिएको छ।

त्यस्तै, लाखौं रुपैयाँ खर्च गरेर वेवसाईट बनाउने प्राधिकरणले कम्पनीको बोनसदर, पुनर्बीमा र बीमा कम्पनीको विस्तृृत कारोबार र महत्वपूर्ण तथ्यांक समावेश गर्न नसकेको भन्दै बीमाकर्मीहरुले समेत गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*