हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापनको छलफको तयारीमा जुट्यो इन्स्योरेन्स इन्स्टिच्युट

६ बैशाख २०८१, बिहीबार १३:३९

काठमाडौं। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापन विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरु र भविष्यका सम्भावनाहरुका बारेमा सम्बन्धित सरोकारवालहरुसँग अन्तक्रिया र छलफल गर्ने भएको हो ।

यो अन्तक्रिया कार्यक्रमसँगै हवाई बीमाको विषयमा देखिएको पछिल्लो अन्योल अब टुंगोमा पुग्ने देखिएको छ । साथैसरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपौँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाईसकेको छ । सो के बिषयमा समेत कार्यक्रम छलफल हुने देखिएको छ ।

बीमा सम्बन्धी कार्यक्रमहरुमा हवाई बीमाको कार्यक्रम न्यून नै हुने गरेको छ । बीमा प्राधिकरणको नेपाल बीमा प्राधिकरणकोे इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा नेपालको परिपेक्षमा हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापन विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरु र भविष्यका सम्भावनाहरुका बारेमा सम्बन्धित सरोकारवालहरुसँग अन्तक्रिया र छलफल गर्ने तथा उक्त कार्यक्रममा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वित्तीय क्षेत्रका नियमनकारी निकायहरुलगायत वायुसेवा सञ्चालक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुनर्बीमक/अडरराइटर, क्षति मूल्याङकनकर्ता, निर्जीवन बीमा कम्पनी, बीमा दलाल अन्य बीमा तथा उडड्यन क्षेत्रका प्रमुख सरोकारवाला समेतको सहभागीता हुन लागेकोले उक्त कार्यक्रम सफलताको साथ सञ्चालनको लागि नेपालले बीमा कम्पनीहरुलाई पनि सहयोगको लागि आह्वान गरेको छ।

अन्य बीमाभन्दा हवाई बीमामा अत्यधिक जोखिम हुन्छ । त्यसैले नेपाली बीमा कम्पनीहरूले औसतमा शून्य दशमलव शून्य ५ प्रतिशत जोखिम मात्र यहाँ राखेर बाँकी जोखिम पुनर्बीमामार्फत बाहिर पठाउने गर्छन् ।
फलस्वरूप पुनर्बीमामार्फत ठूलो रकम बाहिरिने गरेको छ । हाल नेपाली बीमा बजारको क्षमता बढेको र पुनर्बीमा कम्पनी पनि स्थापना भइसकेकाले अबका दिनमा हवाई बीमामा नेपालमा राखिने जोखिम बढाउन आवश्यक देखिएको बीमा प्राधिकरणको भनाई रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*