नौ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए साढे ४ खर्ब ब्याज, कुनलाई कति ?

७ बैशाख २०८१, शुक्रबार १३:३६

काठमाडौँ । पछिल्लो ९ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले साढे ४ खर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुलाई ऋणीहरुले ४ खर्ब ४७ अर्ब ६ करोड ३९ लाख ३० हजार रुपैयाँ ब्याज बुझाएका हुन् ।

ऋणीहरुले बैंकहरुलाई बुझाएको ब्याज गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भन्दा १३.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा ऋणीबाट वाणिज्य बैंकहरुलाई ३ खर्ब ९५ अर्ब ३५ करोड ८९ लाख ६७ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

यसअवधिमा २० वाणिज्य बैंकमध्य ७ कम्पनीको ऋणीबाट उठ्ने ब्याजमा भने कमि आएको छ । १३ वाणिज्य बैंकको ब्याज आम्दानी भने वृद्धि भएको बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्टमा उल्लेख गरीएको छ ।

चैत मसान्तसम्ममा सबै भन्दा बढी ब्याज आम्दानी गर्न बैंक ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले यस अवधिमा ३९ अर्ब ६७ करोड २५ लाख ४७ हजार रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १८.०५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकले ऋणीहरुबाट ३३ अर्ब ६० करोड ७६ लाख १७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय रिपोर्टको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

ऋणीहरुबाट सर्वाधिक ब्याज आम्दानी गर्न दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नाफामा अग्र स्थानमा रहेको नबिलले चालु आर्थिक वर्षको ९ महिनामा ऋणीहरुबाट ३५ अर्ब ४३ करोड ९५ लाख ५९ हजार रुपैयाँ ब्याज उठाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ७.७९ प्रतिशतले बढी हो ।

त्यस्तै, ऋणीहरुबाट उठ्ने ब्याज नेपाल इन्भेष्टमेन्ट बैंकको ४१.२५ प्रतिशतले बढेर ३२ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ, कुमारी बैंकको २८.०२ प्रतिशतले बढेर २९ अर्ब ४२ करोड ७ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २.२४ प्रतिशतले बढेर २९ अर्ब ४२ करोड ७ लाख रुपैयाँ, हिमालयन बैंकको ३८.७८ प्रतिशतले बढेर २६ अर्ब ८१ करोड १६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ९०.९४ प्रतिशतले बढेर २६ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ र प्रभु बैंकको १६.०८ प्रतिशतले बढेर २३ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

यता, वाणिज्य बैंकले २२ अर्ब ४४ करोड रुपैयाँ, कृषि विकास बैंकले २० अर्ब १५ करोड रुपैयाँ, एनएमबि बैंकले १९ अर्ब ८२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १९ अर्ब ५६ करोड रुपैयाँ, प्राइमले १९ अर्ब ३४ करोड रुपैयाँ, नेपाल बैंकले १९ अर्ब २९ करोड रुपैयाँ, एभरेष्ट बैंकले १६ अर्ब ९७ करोड रुपैयाँ, सानिमा बैंकले १५ अर्ब ७३ करोड रुपैयाँ, सिटिजन बैकले १४ अर्ब ९३ करोड रुपैयाँ, नेपाल एनबिआई बैंकले १३ अर्ब ३२ करोड रुपैयाँ, माछापुच्छे« बैंकले १२ अर्ब ८५ करोड र स्टान्डर्ड चार्टड बैंकले ८ अर्ब ७१ करोड रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*