वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै

७ बैशाख २०८१, शुक्रबार १५:०७

काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ।

त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफामा देखिएको छ।चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट देखिएको छ। बैंकका अधिकारीहरुको अनुसार प्रोभिजन बढ़दा बैंकको नाफा खुम्चिन पुगेको हो ।

तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ४१ अर्व २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत बर्षको बैंकको खुद मुनाफा १३.४७ प्रतिशत कम हो। बैंकहरुले गत बर्षको सोहि अवधिमा ४७ अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च (प्रोभिजनिङ) बढ्दा बैंकको मुनाफा संकुचन भएको हो।बैंकहरुको खराब कर्जा बढेर ३.४५ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा खराब कर्जा ०.५९ प्रतिशतले वृद्धि भएको छ । बैंकले ऋण लगानी गरेको रकम असुली गर्न नसक्दा प्रोभिजनिङ रकम बढेको छ।

Source: Beema Pradiakran

बैंकहरुले चैतसम्म ३९ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। यो रकम पोहोर चैतको तुलनामा ३२.७९ प्रतिशत बढी हो ।१० वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । हिमालयन, नेपाल इन्भेष्टमेन्ट, कुमारी, एनआईसी एसिया, लक्ष्मी सनराइज, नेपाल, एनएमबि ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो ।

यसबाहेक थप ५ बैंकको वितरणयोग्य नाफा घटेको छ ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै २ अर्ब ७५ करोड रुपैयाँ छ। उसको वितरणयोग्य नाफा पोहोर ९ महिनाको तुलनामा ६१ करोड रुपैयाँ कम हो। उसले गत आर्थिक वर्षको मुनाफाबाट २०.५३ प्रतिशत लाभांश दिएको थियो ।
नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएपनि उसले १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी सेयरधनीलाई बाँड्न सक्दैन । नबिलले पोहोरको नाफाबाट ११ प्रतिशत लाभांश बाँडेकामा उसको वितरणयोग्य नाफा यसपालि २२ करोड ५० लाख रुपैयाँ घटेको छ।

१ अर्ब रुपैयाँभन्दा धेरै वितरणयोग्य नाफा भएका बैंकमा एभरेष्ट र नबिलका अलावा स्टान्डर्ड चार्टर्ड र कृषि विकास बैंक मात्र छन् ।
यो वित्तीय विवरणले बैंकका लगानीकर्ता निराश भएका छन्। बैंकहरुले पोहोरको मुनाफाबाट दिएको प्रतिफल नै निराशजनक रहेको अवस्थामा यो पालिको वित्तीय विवरण झनै खराब आएकाले लगानीकर्ता निराश हुन पुगेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*