लक्ष्मी सनराईज बैंकको खराब कर्जाको सिमा नाघ्यो, सात बैंकको ४ प्रतिशतमाथि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनासम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको बैंकहरुको सार्वजनिक गरेको रिर्पोटले देखाएको छ।तेस्रो त्रैमाससम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा २.९८ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकहरुको औसत खराब कर्जा २.६ प्रतिशत थियो ।
बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनुलाई सामान्य अवस्था मानिन्छ । तर, ५ प्रतिशतभन्दा माथि जानुले बैंकहरुको कर्जा लगानीको जोखिम उच्च देखाउँछ ।लक्ष्मी सनराइज बैंकको खराब कर्जाले ५ प्रतिशतको सीमा नाघेको छ । तेस्रो त्रैमासमा यस बैंकको खराब कर्जा बढेर ५.४९ प्रतिशत पुगेको छ ।
हिमालयन र ग्लोबल आइएमई बैंकको खराब कर्जा पनि ५ प्रतिशत नजिक पुगेको छ ।
बैंकले नै प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा हिमालयनको ४.९६ र ग्लोबल आइएमईको ४.७४ प्रतिशत खराब कर्जा रहेको देखिन्छ । प्रभुको ४.८१, नेपाल बैंकको ४.८५, प्राइमको ४.२९ र राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत खराब कर्जा रहेको छ ।

Source: Banks Reports
बैंकहरुको वास्तविक खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको उनको विज्ञहरुको अनुमान रहेको छ।
तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको ०।७० प्रतिशत, स्टयाण्डर्ड च्याटड बैंकको २।१४ प्रतिशत, सिजिन्स बैंकको ३।७६ प्रतिशत, सिद्धार्थ बैंकको २।५२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४।७४ प्रतिशत, सानिमा बैंकको ०।६९ प्रतिशत, माछापुच्छे बैंकको ३।६८ प्रतिशत, कुमारी बैंकको ०।३८ प्रतिशत, प्राईम बैंकको ४।२९ प्रतिशत र हिमालयन बैंकको ४।९६ प्रतिशत खराब कर्जा रहेका छन्।
त्यस्तै, नबिल बैंकको १।२७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १।१२ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ५।९४ प्रतिशत, एनआईसी एशियाको १।७६ प्रतिशत, प्रभु बैंकको ४।८१ प्रतिशत, नेपाल बैंकको ४।८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४।३० प्रतिशत, कृषि विकास बैंकको ३।३० प्रतिशत, एनएमबी बैंकको २।८६ प्रतिशत र नेपाल एसबीआईको १।९८ प्रतिशत रहेको छ।
आठ बैंकले गत आर्थिक बर्षको तुलनामा खराब कर्जा घटाएका छन् । सिजिन्स बैंक, सानिमा बैंक, कुमारी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनएमबी बैंकले गत बर्षको तुलनामा खराब कर्जा घटाएका छन् ।
विज्ञहरुका अनुसार बैंकहरुलाई गाह्रो परेर राष्ट्र बैंकले पुनर्तालिकीकरणको सुविधा दिएको हो । त्यसले पनि बैंकहरुको वास्तविक खराब कर्जा बाहिर आएको छैन ।
राष्ट्र बैंकले बैंकहरुले क्रमिक रुपमा एनपीएल सुधार गरिरहेको सार्वजनिक कार्यक्रममा बताँउदै आएका छन् । गर्भनर एवं राष्ट्र बैंकका उच्च अधिकारीहरुले नेपालका बैंक तथा वित्तीय संस्थामा दक्षिण एसियामै कम खराब कर्जा रहेको दाबी गर्दै आईरहेका छन् ।
लिएको रिणमा बैंकको मनोपोली ढंगले ब्याजदर बढाइयो कारण मध्ये एउटा यो पनि हो