वाणिज्य बैंकहरूले सरकारलाई बुझाए १९ अर्ब रुपैयाँ आयकर, कुनले कति ?

१० बैशाख २०८१, सोमबार १८:१४

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन्।गत वर्षको यसै अवधिमा बैंकहरूले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका थिए।

गत वर्षको यसै अवधिको तुलनामा अहिले बैंकहरूको आयकर ७५ करोड रुपैयाँले घटेको छ।पुस मसान्तमा बैंकहरूको आयकर ९।१५ प्रतिशतले ऋणात्मक रहेको थियो। गत पुसको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २७ करोड रुपैयाँ कम राजस्व बैंकबाट असुली भएको थियो।

आर्थिक गतिविधि संकुचित हुँदा बैंकहरूको नाफा घटेकाले आयकर घटेको हो। चैत मसान्तमा वाणिज्य बैंकहरूको करअघिको नाफा १२।१० प्रतिशतले घटेको छ।

तेस्रो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको छ। यस बैंकले १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ आयकर तिरेको छ।

प्रभु बैंक दोस्रोमा रहेको छ। यस बैंकले १ अर्ब ५५ करोड रुपैयाँ कर तिरेको छ। ने

नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रोमा रहेको छ। बैकले यस अवधिसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ राज्यलाई आयकर तिरेको छ।

यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ११ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १ करोड रुपैयाँ, एनएमबि बैंकले ९३ करोड ५३ लाख रुपैयाँ आयकर तिरेका छन्।

यस्तै सिद्धार्थ बैंकले ७४ अर्ब ४१ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६६ करोड ८४ लाख रुपैयाँ, कृषि विकास बैंकले ६३ करोड रुपैयाँ, लक्ष्मी बैंकले ६२ करोड ६४ लाख रुपैयाँ, सानिमा बैंकले ५६ करोड ७४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ५३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५१ करोड ४३ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले ४५ करोड ७९ लाख रुपैयाँ आयकर कर सरकारलाई तिरेका छन्।

बैंक वित्तीय संस्थाहरूले कुल नाफको ३० प्रतिशत आयकर बुझाउनुपर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको छ। यसका अतिरिक्त बैंकहरूले १० प्रतिशत ब्याज कर, पुँजीगत लाभकर र कर्मचारीको आयकर सरकारलाई बुझाउने गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*