चुलियो फाइनान्सको खराब कर्जाः मुनाफा ऋणात्मक, कुनको अवस्था कस्तो ?

११ बैशाख २०८१, मंगलवार १४:१२

काठमाडौँ । फाइनान्स कम्पनीको खराब कर्जा चुलिदा नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका संचालनमा रहेका १५ फाइनान्स ३५ करोड ९९ लाख ६३ हजार रुपैयाँ नोक्सानमा रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीहरुले ३३ करोड ३ लाख ३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यसबीचमा चलेका आर्थिक कर्जा मिनाहको आन्दोलनको असर फाइनान्समा परेको छ । खराब कर्जा बढ्दै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । यस अवधिमा ८ फाइनान्स कम्पनी ऋणात्मक छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सबै भन्दा नाफा बढाउने कम्पनीकामा मल्टीप्रपोज फाइनान्स रहेको छ । कम्पनीको नाफा १९६.९१ प्रतिशतले बढेर १ करोड ५९ लाख ३२ हजार पुगेको छ । अन्य कुनैपनि फाइनान्स नाफामा सुधार हुन सकेको छैन ।

यसअवधिमा सबैभन्दा बढी नाफा रहेको फाइनान्समा मञ्जु श्री रहेको छ । कम्पनीको नाफा १५ करोड ९ लाख ८६ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड १७ लाख २० हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, चैत मसान्तसम्मको तथ्याङ्ग हेर्दा नाफा गोर्खाज फाइनान्सको ४० प्रतिशतले घटेर ५ करोड ४८ लाख रुपैयाँ, आइसिएफसि फाइनान्सको ६० प्रतिशतले घटेर ३ करोड ३२ लाख रुपैयाँ, श्रीइन्भेष्टमेन्ट फाइनान्सको ३० प्रतिशतले घटेर ३ करोड १२ लाख रुपैयाँ, बेष्ट फाइनान्सको ६५ प्रतिशतले घटेर ८० लाख २६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ८७ प्रतिशतले घटेर १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।

आठ कम्पनी ऋणात्मक

अधिकांश फाइनान्सका नाफा घट्नु र आठ फाइनान्स ऋणात्मक अवस्थामा हुँदा समग्रमा फाइनान्सको नाफा खुम्चिएको हो । शेयर बजारमा अब्बल मानिएको पोखर फाइनान्स सबै भन्दा बढी १७ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, यस अवधिमा जानकी फाइनान्स १० करोड ८६ लाख रुपैयाँ, गुडबिल फाइनान्स ८ करोड ६४ लाख रुपैयाँ, समृद्धि फाइनान्स ६ करोड ९३ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्स ६ करोड १४ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट ५ करोड ९३ लाख रुपैयाँ, रिलायन्स फाइनान्स ४ करोड र प्रोगेन्सिभ ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

१३ फाइनान्सको खराब कर्जा वृद्धि

फाइनान्स कम्पनीको खराब कर्जा निकै उचाइमा पुगेको छ । यस अवधिमा नेपाल फाइनान्स र बेष्ट फाइनान्सले मात्र खराब कर्जा घटाउन सफल भएका हुन् । नेपालको ०.४१ प्रतिशतले घटेर ४.३५ प्रतिशत र बेष्टको ३.९३ प्रतिशतले घटेर ९.२४ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा जानकी फाइनान्सको खराब कर्जा किनै उचाइमा पुगेको छ । कम्पनीको खराब कर्जा ५.३१ प्रतिशतले बढेर २८.९१ प्रतिशतले पुगेको हो ।

अन्य कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*