नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोक्यो

२५ बैशाख २०८१, मंगलवार १२:१०

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जानएको छ।

सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो।सो निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको सूचना नेप्से मार्फत जारी गरेको छ।

यता नेप्सेले सोमबार नै धितोपत्र बोर्डलाई पत्र लेखेको छ। उसले बजारको स्वच्छतामा आँच आएकोले उसको कारोबार रोक्नु पर्ने आवश्यकता देखिएको र त्यस बिषयमा के गर्ने भनेर उसले बोर्डको सुझाव मागेको छ।

यता लगानीकर्ताले भने सोमबारको कारोबार रद्द गर्नु पर्ने माग राखेका छन्। कारोबार रद्द गर्ने र नगर्ने बिषयमा भने नेप्सेले कुनै निर्णय गरेको छैन।धितोपत्र बोर्डको सल्लाह अनुसार कारोबार रद्द गर्ने नगर्ने बिषयमा निर्णय लिने नेप्सेले जनाएको छ।

 

One thought on “नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोक्यो

  1. मेघनाथ कुवर says:

    सिधासादा लगानीकर्ताले सोमबार महँगोमा किने C.L.I कम्पनी ।
    हिजोको खरिद रद्द गर्नुपर्छ ।

Leave a Reply to मेघनाथ कुवर Cancel reply

Your email address will not be published. Required fields are marked *


*