अनिश्चित भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः प्रदिप मानन्धर, एजेन्सी म्यानेजर, सिटिजन लाइफ

२६ बैशाख २०८१, बुधबार १३:४६

इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्गको क्षेत्रमा कार्यरत रहेका काठमाडौंका प्रदिप मानन्धरलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा आफ्नै गाउँ समाज र परिवारबाट समेत साथ नपाएका मानन्धरले आफ्नी श्रीमतीको सबैभन्दा पहिला आफ्नो कोडबाट बीमा गराएर बीमा अभिकर्ताको यात्रा तय गरेका थिए ।

सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका मानन्धरले अहिले सिटिजन लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरका रुपमा काठमाडौं उपत्यकाका जनताको घरदैलोमा पुगेर बीमा व्यवसायमा जमिरहेका छन् । उनले एक आइएन्जीओको सहकार्यमा विकलाङ्ग मानिसहरुलाई मोबाइल, कम्प्युटर लगायतका इलेक्ट्रोनिक्स सामानहरु मर्मत गर्ने तालिम दिने गर्दथे ।

आफू र सिंगो परिवारको जिम्मेबारी काँधमा बोकेर हिडेका मानन्धरले विगत पाँच वर्षदेखि नागरिकहरुको बीमा गरी जोखिम हस्तान्तरण गर्दैै आफ्नो पनि जीविकोपार्जन गर्दै आएका छन् । मानन्धरले सिटिजन लाइफ इन्स्योरेन्सलाई आफ्नो घर जस्तै मानि आम नागरिकहरुको बीमा गर्दै जिविकोपार्जन गरिरहेका छन् ।

आम बीमा अभिकर्ता झै सुरुवाती चरणमा निकै संघर्ष र कडा मेहनत गरेका मानन्धर अब भने निर्धक्क बीमा व्यवसाय गरिरहेका छन् । युवा अवस्थामै जीवन बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएका मानन्धर बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् । प्रस्तुत छ, उनै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर प्रदिप मानन्धरसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको अंशः

बीमा क्षेत्रमा हजुरको उपस्थितीको कस्तो रहेको छ, छोटकरीमा जानकारी दिनुहोस् न ।

– म विगत ४ वर्षदेखि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेको छु । कम्पनीको जमल शाखा कार्यालयबाट आम नागरिकहरुको बीमा गराई जोखिम हस्तान्तरण गर्दै आएको छु । जीवनमा धेरै उतार–चढाव आउदै गए र मैले उनीहरुसँग लड्दै अहिले बीमा अभिकर्तालाई ने प्रमुख पेशा बनाउन पुगेको छु ।

बीमा अभिकर्ताभन्दा पहिला तपाई कुन पेशामा आवद्ध हुनुहुन्थ्यो ? काम गराईको सन्दर्भमा सन्तृष्टि कुन पेशाले बढी दिएको छ ।

– म चाँही हिजाको समयमा इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्ग क्षेत्रमा आवद्ध रहेको थिए । मैले २०६४ सालमा पास आवट गरी एउटा आईएनजिओमा आवद्ध रहेर अपाङ्ग (विकलाङ्ग)मानिसहरुलाई विभिन्न प्रकारका प्राविधिक तालिमहरु प्रदान गर्ने गर्देथे । मैले उहाँहरुलाई कम्प्युटर तथा ल्यापटप रिपेयरीङको काम सिकाउथे । मैले उक्त आइएनजिओमा विगत ५ वर्षसम्म कार्यरत रही काम गरेको अनुभव छ ।

एकदिन मेरो साथिको मामा किशोर मान जोशीको घरमा भेटघाटको लागि गए । साथिको मामाले चाँही मलाई बीमा गर्नको लागि प्रस्ताव गरे । मैले पहिलेदेखि नै बीमा गरेको छु भन्दै उहाँको प्रस्ताव अस्वीकार गरेको थिए । सोही शिलशिलामा उहाँले मलाई बीमा नगर्ने भएपनि बीमा अभिकर्ता भई काम गर्न सकिने बताए । उहाँले मलाई बीमाको बारेमा धेरै कुराहरु बताउनुभयो । उहाँको कारणमा बीमा २०७६ साल पुस २९ गतेदेखि आधिकारिक रुपमा बीमा अभिकर्ताकर्ता बनेर कामको थालनी गरेको हु ।

मलाई पहिलेको प्राविधिक कामभन्दा पनि अहिले बीमा अभिकर्ता बनेर आम नागरिकहरुको बीमा गरी जोखिम हस्तान्तरण गर्न पाउदा खुशी लागेको छ ।

झण्डै ४ वर्षको अवधिमा तपाईले बीमा अभिकर्ता पेशालाई कसरी बुझ्नु भएको छ ? कुन पक्षले तपाईलाई थप यही पेशामा प्रेरित गरायो ?

–यस सन्दर्भमा मैले बीमा अभिकर्ता पेशालाई बिजनेशको रुपमा लिएको छु । पेशा, प्रोफेशन भन्दा पनि मेरो यो बिजनेश नै हो । मसँग आवद्ध रहेका मेरा आफन्तजन, आम नागरिक र साथीभाई लगायतका मानिसहरुलाई वित्तीय सुरक्षा प्रदान गर्ने प्रमुख पेशा भनेको बीमा अभिकर्ता हो । जुन आफैमा पवित्र रहेको छ ।

हाम्रो जिन्दगीको एउटा अन्तिम गन्तव्य त रहेको छ । हामी सबैलाई थाहाँ छ, एक दिन यो संसार छोड्नु छ भनेर तर पनि यस्तो ग्यारेन्टी नै नभाको कुराको समेत बीमा गरी जोखिम बहन गर्न पाइने पक्षका कारण म बीमा अभिकर्ता पेशामा रहेको छु । नागरिकहरुले बीमा गर्न आवश्यक रहेको छ ।

बीमा कम्पनी र बीमितप्रति अभिकर्ताहरुको दायित्व के हुन्छ र बीमितहरुलाई बीमा गर्न कसरी प्रेरित गर्नुहुन्छ ?

– बीमा अभिकर्ताहरुको मुल दायित्व भनेको चाँही एउटा पुलको काम गर्ने हो । बीमा कम्पनीले चाँही मैले जुन चिनेका अर्थात बीमा गर्ने बीमित छन् । उहाँहरुलाई त चिन्दैन र उहाँहरुले कम्पनीलाई नी राम्रोसँग चिन्दैनन् । त्यसैले बीमा अभिकर्ता भनेको बीमक र बीमितबीचको पुलको रुपमा उभिएर बीमा गराई कम्पनीको व्यवसाय अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने कम्पनीको मेरुदण्ड बनेका छन् ।

त्यस्तै, बीमा गराईसकेपछि बीमा पोलिसी परिपक्क अर्थात दावी भुक्तानी नदिदासम्म बीमितको विभिन्न दुःखमा साथ दिनु अभिकर्ताको दायित्व हुन्छ । मेरो बुझाईमा उहाँहरुलाई वित्तीय सुरक्षा तथा आवश्यक परेको खण्डमा ऋण लगायतका अन्य आवश्यक सुविधा उपलब्ध गराउनु समेत अभिकर्ताको दायित्व हो । हामी अभिकर्ता पनि सिटिजन लाइफका ब्राण्ड एम्बस्डर जस्तै कम्पनीलाई चिनाउने मानिस हौ । मैले पनि सिटिजन लाइफलाई इन्डिभिज्युयल रुपमा चिनाएको छु ।

बीमा गराउने भनेको नागरिकहरुलाई वित्तीय रुपले शिक्षित बनाउनु हो । बीमा भनेको के हो ? बीमाको परिभाषा दिनु पर्यो र गाउँ समाजमा वसोबास गर्दै आएका सबै मानिसहरुलाई बीमाको बारेमा आफुले बिक्री गर्न लागेको पोलिसीको बारेमा समेत सही तरिकाले उहाँहरुलाई सम्झाई बुझाई गरी बीमा गराउन प्रेरित गर्ने गरेको छु ।

मैले कुनै पनि परिवारमा बीमा गराउनको लागि जाँदाखेरी उक्त परिवारको प्रमुख मान्छे अर्थात परिवार अश्रित भएको मानिसको पहिला बीमा गराउन प्रोत्साहन अर्थात आग्रह गर्ने गरेको छु ।

‘जसले आमा र बुवाको लागि स्वर्गको ढोका खोलिदिन्छ, त्यो छोरा हो । जसले घरलाई नै स्वर्ग बनाइदिन्छ, त्यो छोरी हो । जसले घरमा स्वर्ग भित्र्याउछ, त्यो बुहारी हो । जसले हरेक नागरिक र देशलाई समृद्ध बनाउछ, त्यो बीमा हो।’ भन्दै सम्झाएर बीमा गराउने गरेको छु ।

सफल अभिकर्तामा हुनुपर्ने गुण के हुन् जस्तो लाग्छ ?

– मेरो बुझाइमा सफल अभिकर्ताहरुमा हुनुपर्ने प्रमुख गुणहरु भनेका बीमितप्रति सधै वफादार हुनु हो । अभिकर्ताहरुमा आम नागरिकहरुलाई सम्झाउन, बुझाउन सक्ने क्षमता र इमान्दारिता हुन आवश्यक रहेको छ ।

अभिकर्ताले बीमा गराएपश्चात बीमितप्रति निभाउनुपर्ने दायित्व के–के हुन् जस्तो लाग्छ ?

– बीमितप्रति अभिकर्ताहरुले निभाउनुपर्ने दायित्वहरु धेरै रहेका छन् । मैले कुनै पनि मानिसको २० वर्ष अवधिको लागि बीमा गरेको छु भने उहाँहरुलाई २० वर्षसम्म निरन्तर रुपमा बीमा सेवा प्रदान गर्नुपर्छ ।

मैले उक्त समयमा विविध कारणवश आफुबाट सेवा दिन नसकेको खण्डमा मैले अन्य अभिकर्ताहरुबाट पनि सेवा प्रदान गर्नुपर्ने छ । मैले आफ्नो जिम्मेवारी बहन गर्नको लागि पछाडी हट्नु हुदैन् ।

कुनै पनि बीमितले मबाट बीमा गराएका छन् भने उनीहरुको दावी भुक्तानी तथा परिपक्क अवधि नहुन्जेलसम्मको लागि सम्पूर्ण व्यवस्था भएबमोजिमको जिम्मेबारी मेरो रहन्छ ।

बीमा दावी भुक्तानीलाई लिएर बीमितहरुले जहिले समस्या भाग्र्दै आउनुभएका छन् । यस कारणले बीमा क्षेत्रको आउँदो समयलाई कस्तो प्रभाव पर्ला ?

– आम नागरिक तथा बीमितहरुले अभिकर्तासँग दावी भुक्तानीको बारेमा राख्ने प्रमुख कुरा भनेको उहाँहरुको बीमा गराउँदा जुन प्रकारले सिकाएर बीमा गरेको हुन्छ । त्यही कुराहरुसँग रही भोगेका समस्याहरु बताउछन् ।

मेरो बुझाईमा बीमा दावी जुनसुकै कम्पनीले पनि गर्दछ । तर बीमित तथा नागरिकहरुले कुनै पनि कम्पनीको दावी प्रक्रिया र आवश्यक कागजात उपलब्ध गराउन नसक्दा यस्ता किसीमका समस्याहरु आउछन् । यस प्रकारका समस्यालाई सामाधान गर्नको लागि अभिकर्ताहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

हामीले कुनै पनि मानिसको बीमा गराईसकेपछि त्यो व्यक्ति हाम्रो बीमित हुन्छ । बीमा गराउदा सहि तरिकाले सिकाएर गर्दा यस्ता समस्या आउदैनन् जस्ता मलाई लाग्छ । सामाजिक सञ्जालमा आएका अधिकांश कुराहरुलाई पनि आजभोलि विश्वास गर्न सकिने अवस्था छैन् । बीमा गरीसकेपछि नविकरण गर्ने लगायतका कार्य राम्रोसँग गर्यो भने यस्ता समस्या आउदैन् ।

बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गराउँदा खेरी राम्रोसँग सिकाउन तथा पढाउन नसक्दा नै दावी भुक्तानी लगायतका समस्याहरु सिर्जना भएका छन् ।

बीमा पोलिसी अध्ययन नै नगरी बीमा गर्ने प्रवृद्धिले पनि समस्या उत्पन्न गर्ने गरेको छ भन्ने कुरा सुनिन्छ । तपाई यो समस्यालाई कसरी लिनु भएको छ ?

–मेरो आफ्नै व्यक्तिगत सन्दर्भमा हेर्ने हो भने, मैले राम्रोसँग बुझाएर नै बीमा गराउने गरेको छु । हामी अभिकर्ताहरुले जतिसुकै पढाएर बीमा गराउदा पनि उहाँहरुले चासो दिने कुरा भनेको कति प्रिमियम तिर्नुपर्छ र परिपक्क अवधिपश्चात मलाई रिटर्न ब्याक कति आउछ भन्ने कुराचाँही बीमितको दिमागमा सेट भएर बसेको हुदो रहेछ ।

प्रमुख कुरा त त्यही नै हो । तर मैले कुनै पनि नागरिकलाई लेखेर, पढाएर र त्यो कागज उहाँहरुलाई नै सम्हालेर राख्नुस् भन्ने गर्दछु । किनकी भोलिको दिनमा कुनै पनि कुरा सोध्दा त्यही कागज हेरेर सोध्न सजिलो हुन्छ । मैले त्यो कागजहरुमा बीमाका लक्ष्य, फाइदा, नविकरण तथा दावी भुक्तानी लगायतका प्रमुख कुराहरु लेखि दिएको हुन्छु । साथै मैले कागजमा कसरी रिटर्न ब्याक हुन्छ लगायतका कुराहरु उल्लेख गरि दिएको हुन्छु ।

 

तपाईले हालसम्म कति वटा बीमा पोलिसी बिक्री र दावी भुक्तानी गर्नुभएको छ ?

मैले बीमा गरेका बीमितहरुमध्ये हालसम्म कुनै पनि दावी भुक्तानी परेको छैन् । साथै, मैले बीमा गराउदा राम्रोसँग अध्ययन गराएको हुन्छु त्यस कारण उहाँहरुको बीमालेखको परिपक्क अवधि नहुन्जेल नबिकरण बीमा शुल्क आइरहन्छ ।

मेरो सन्दर्भमा शतप्रतिशत बीमालेखहरुको नविकरण भएको छ । मैले बिक्री गरेका बीमा पोलिसीहरुको परिपक्क अवधि नभएको कारण र अन्य कुनै दुर्घटना लगायतका दावी भुक्तानी परेका छैनन् ।

पहिलो बीमा गराउदाँ तपाईलाई कस्तो महशुस भएको थियो ?

मैले मेरो कोडबाट सबैभन्दा पहिलो बीमा चाँही मेरो श्रीमतीको गरेको थिए । मैले उहाँको १६ लाख रुपैयाँको बीमा गरेको थिए । मैले २०७६ सालको फागुन ७ गतेका दिन प्रथम बीमा पोलिसी काटेको अनुभव छ । विभिन्न ठाउँमा मैले बीमा गराउनको लागि प्रस्ताव गर्दा कतैबाट पनि राम्रो प्रतिक्रिया आएको थियो ।

सोही क्रममा सबै ठाउँबाट ठक्कर खाएर घरमा आउदा समेत मेरै परिवारमा मेरो अंकलको छोराको बीमा चाँही नेपाल लाइफका अभिकर्तासँग गराउदा मलाई झनै नराम्रो लागेको खल्लो अनुभव रहेको छ । मलाई मेरै घर परिवारबाट समेत राम्रो साथ सहयोग मिलेको थिएन् ।

नेपालमा थुप्रै जीवन बीमा कम्पनीहरु छन्, तर सिटिजन लाइफमै तपाई किन आवद्ध हुनु भयो ?

– सिटिजन लाइफ इन्स्योरेन्स भनेको अब मेरो घर जस्तो छ । म सुत्नको लागि घर गएपनि बिहानदेखि साझसम्म कार्यालयमा काम गरिराख्नु पर्छ ।
सिटिजन लाइफ इन्स्यारेन्सलाई नै अहिलेसम्म किन रोजेको भन्दाखेरी यहाँको सेवा सुविधा, व्यवस्थापकीय पक्ष र मिलनसार कर्मचारीका कारण हालसम्म आवद्ध रहेको छु । मेरो कम्पनीका सरहरुसँग प्रत्यक्ष भेटघाट हुने र मैले राखेको कुराहरु सम्बोधन हुने लगायतका कारण आवद्ध भएको छु ।

बाँकी अन्य कम्पनीहरुमा यस्तो वातावरण रहेको छैन् । साथै, हाम्रो कम्पनीहरुमा अभिकर्ताहरुलाई विभिन्न समयमा राम्रो तालिम लगायत क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गर्दै आएको लगायतका अन्य थुप्रै कारणले गर्दा म यस कम्पनीमा आवद्ध रहेको छु ।

फाइनान्सियल फ्रिडम, सिप तथा तालिम, विभिन्न अवार्ड लगायतका कुराले सिटिजन लाइफ इन्स्योरेन्स भरिपूर्ण रहेको कारण म यस कम्पनीमा खुशीका साथ आवद्ध रहेको छु ।

सिटिजन लाइफ इन्स्योरेन्सको दावी भुक्तानीप्रति बीमितहरुको प्रतिक्रिया चाँही कस्तो आइरहेको छ ?

– आम नागरिकहरुको राम्रो प्रतिक्रिया छ । हामीले कुनै पनि दावी भुक्तानीलाई विभिन्न समुदायका मानिसहरुको रोहबरमा गर्ने गरेका छौ जसका कारण नागरिकहरुमा बीमाको सचेतना वृद्धि हुनुका साथै कम्पनीको दावी भुक्तानीप्रति नागरिकहरुको धारणा सकारात्मक रहेको छ ।

बीमा अभिकर्ताहरुको सम्बन्धमा नियमनकारी निकाय बीमा प्राधिकरणले विभिन्न निर्णय गरी रहेको छ । यसबारे तपाईको धारणा के रहेको छ ?

– नियमनकारी निकाय बीमा प्राधिकरणले गरेका कुनै निर्णयहरु सकारात्मक लागेका छन् भने कुनै चाँही नकारात्मक रहेका छन् । अहिलेको समाजको सन्दर्भमा कुरा गर्ने हो भने एउटै मानिसको ४–५ वटा बीमा भएको कुरा पनि छन् ।

साथै, प्राधिकरणका अधिकांश निर्णयहरु अभिकर्ताहरुको हक हितमा रहेका मैले देख्दैन । यस्ता निर्णयले हामीहरुलाई अगाडी बढ्न निरुत्साहित बनाएको छ । एकाघर परिवारको बीमा लिन नपाउने गरी जुन बीमा नियमावली संशोधन गरेको छ । यस्ता थुप्रै कारणले गर्दा अभिकर्ता पेशालाई पछाडी पार्ने निर्णयले हामीहरु निरुत्साहित बनेका छौ । अभिकर्ताहरुको समग्र समस्याहरु समाधान गर्ने गरी बीमा प्राधिकरणले निर्णय गरोस् भन्ने मेरो धारण रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*