बीमा व्यवसायको नियमनमा प्राधिकरणको भूमिका

दिनेश कुमार लाल
३ जेष्ठ २०८१, बिहीबार १६:४७

बीमा व्यवसायलाई व्यवस्थित र मर्यादितढङ्गले संचालन गर्ने उद्देश्यले वि.सं. २०२५ सालमा बीमा समितिको स्थापना भई बीमा ऐन, २०२६ प्रचलनमा ल्याइयो । बीमाको महत्व, क्षेत्र तथा आवश्यकता दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दा बीमा बजारमा निजी बीमा कम्पनीको आगमन हुन थाल्यो । देशमा जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भएपछि बीमा क्षेत्रलाई थप व्यवस्थित तथा नियमन गर्न बीमा ऐन, २०२६ लाई परिमार्जन गरी बीमा ऐन, २०४९ कार्यान्वयनमा आयो । बीमा व्यवसायलाई नियमित, व्यवस्थित, विकसित र नियन्त्रित गर्न बीमा समितिलाई बीमा ऐन, २०४९ ले नियमनकारी निकायका रूपमा स्थापित गरायो । ऐनबाट समिति एक स्वशासित र स्वायत्त सङ्गठित संस्थाका रूपमा स्थापित भयो । बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेयर र बीमा दलालहरूको सङ्ख्या बढ्दै जाँदा बीमा क्षेत्रमा नयाँ अभ्यास तथा प्रचलनहरु हुन थाले र बीमा क्षेत्रमा थप समस्या तथा चुनौतीहरु समेत देखिन थाले । बीमा प्रणाली तथा बीमा व्यवसायलाई थप व्यवस्थित, नियमित र प्रतिस्पर्धी तुल्याउँदै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायको प्रभावकारीस्पमा नियमन गरी बीमितहरुको हित संरक्षण गर्न बीमा ऐन, २०७९ मिति २०७९ कात्तिक २२ गतेदेखि लागू भएको छ । सोही मितिदेखि बीमा समिति नेपाल बीमा प्राधिकरणमा स्पान्तरण भएको छ ।

बीमक, लघुबीमक र पुनर्बीमक

जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा व्यवसाय बीमकहरुबाट संचालनमा छन् । एक–डेड वर्ष अगाडिसम्म ४२ वटा बीमकले बीमा व्यवसाय गर्दै आएकोमा नेपाल बीमा प्राधिकरणबाट बीमकको चुक्तापूँजी वृद्धि गरिएसँगै बीमकहरुले मर्जर तथा एक्विजिशनको बाटो रोजेपछि बीमकको सङ्ख्या घट्न गयो । हाल जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, पुनर्बीमा कम्पनी २ वटा र लघुबीमा कम्पनी ७ वटा संचालनमा रहेका छन् । सरकारी र निजी कम्पनी तथा विदेशी शाखा र संयुक्त लगानीका गरी चार प्रकारका बीमा कम्पनीहरु संचालमा छन् । बीमा वित्तीय प्रणालीको एउटा महत्वपूर्ण आधारस्तम्भको स्पमा रहेको हुँदा बीमा कम्पनी स्वच्छ, पारदर्शी, उत्तरदायी र विधिसम्मत् स्पमा चल्नु पर्दछ । यस मान्यता अनुरुप नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य सेवा प्रदायकहरुको नियमन, निरीक्षण तथा अनुगमन गरी बीमितको हित संरक्षणका साथै विश्वसनीय बीमा बजार स्थापित गर्न कार्य गर्दै आएको छ ।

नियमन, निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था

नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायक वा बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारवाहीका सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्नेछ भन्ने व्यवस्था बमोजिम बीमा ऐन, नियमावली, प्राधिकरणबाट जारी निर्देशिका, निर्देशन, मार्गदर्शन, आदेश तथा परिपत्र लगायत अन्तर्राष्ट्रियस्तरमा स्थापित सिद्धान्त, मान्यता, मापदण्ड तथा असल अभ्यास तथा प्रचलनलाई आधारको रूपमा लिने गर्दछ । प्राधिकरणले शङ्का लागेमा वा उजुरी परेमा बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको काम कारवाहीका सम्बन्धमा कुनै विशेषज्ञ वा प्राधिकरणका कर्मचारी खटाई बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको कार्यालय वा कारोवार स्थलमा नै गई स्थलगत निरीक्षण गर्न वा बीमकका सम्बन्धित कागजात, लेखा तथा वित्तीय विवरण, बीमालेख, सम्बन्धित प्रतिवेदन तथा विवरण प्राधिकरणमा झिकाई निरीक्षण गर्न वा अन्य तरिकाले जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्ने कानूनी व्यवस्थाको आधारमा कार्य गर्दछ ।

निरीक्षण तथा अनुगमनमा खटिएको विशेषज्ञ वा कर्मचारीले सम्बन्धित पक्षसँग लगत, तथ्याङ्क, विवरण, सूचना, प्रतिवेदन, विद्युतीय माध्यमबाट सिर्जना गरिएका विवरण वा आवश्यक अन्य कुनै कागजात माग गर्न, हेर्न, जाँच्न, निरीक्षण एवम् अनुसन्धान गर्न सोको सक्कल वा प्रतिलिपि माग गर्न सक्दछ । यसरी माग गरेका लगत, तथ्याङ्क, विवरण, सूचना वा आवश्यक अन्य कुनै कागजात तोकिएको समयमा उपलब्ध गराउनु, कुनै विवरण हेर्न, जाँच्न, निरीक्षण गर्न दिनु र सो सम्बन्धमा सोधेका प्रश्नहरुको सत्य तथ्य जवाफ दिनु सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमित तथा बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ । यसरी नियमन, निरीक्षण वा अनुगमन गर्न खटिएका कर्मचारी वा विशेषज्ञले बीमकले सम्पादन गरेका कार्य, त्यसका काम कारवाही वा लिखतका सम्बन्धमा कुनै त्रुटी वा कमजोरी देखिएमा, कुनै काम कारवाही वा लिखत शङ्कास्पद भएको देखिएमा वा बीमा ऐन, बीमा नियमावली वा प्राधिकरणले जारी गरेका निर्देशन बमोजिम नभएको पाइएमा सो सम्बन्धमा सम्बन्धित अधिकारीको बयान गराउनसक्ने कानूनी अधिकार नेपाल बीमा प्राधिकरणसँग रहेको छ । नियमन, निरीक्षण वा अनुगमन गर्ने क्रममा तत्काल कुनै निर्देशन वा आदेश दिनुपर्ने देखिएमा सो कार्यमा खटिएको विशेषज्ञ वा कर्मचारीले प्राधिकरणलाई जानकारी दिई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सम्वन्धित बीमक वा सरोकारवाला व्यक्तिको कर्तव्य हुनेछ । निरीक्षण वा अनुगमनको प्रतिवेदन प्राधिकरणले निर्धारण गरेको अवधिभित्र प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन बमोजिम भएका वा हुने नियमन, निरीक्षण वा अनुगमनको कार्यमा नेपाल सरकार, नेपाल सरकारका कुनै निकाय, प्रदेश वा स्थानीय तहको कुनै निकाय, अन्य नियमनकारी निकाय वा कुनै सङ्गठित संस्थासँग सहयोग लिन सक्नेछ । प्राधिकरणले सुपरीवेक्षणका कार्यलाई प्रभावकारी बनाउन स्थलगत निरीक्षण कार्यविधि, गैह्रस्थलगत निरीक्षण कार्यविधि र जोखिममा आधारित सुपरीवेक्षण कार्यविधि जारी गरेको छ ।

प्राधिकरणले सुपरीवेक्षण गर्दा बीमकको जोखिमाङ्कनको गुणस्तर तथा प्रभावकारिता, दाबी भुक्तानीको अवस्था, लगानी नीति बमोजिम भएको लगानीको प्रतिफलको अवस्था तथा सुनिश्चितता, पुनर्बीमाको पर्याप्तता तथा हस्तान्तरण, बीमालेख, व्यवस्थापनको दक्षता, बीमकको पूँजी पर्याप्तता, जगेडा कोषको अवस्था, प्राविधिक रुपमा वित्तीय विवरणमा गर्नुपर्ने व्यवस्था, बीमाङ्कीय मूल्याङ्कन, सम्पत्ति शुद्धीकरण, बैङ्क हिसाव विवरण, नगद फिर्ता, जोखिम व्यवस्थापन, परिपालनको अवस्था, जोखिमको अवस्था व्यवस्थापन खर्च उधारो बीमा, बीमादर, प्रचलित लेखामान बमोजिम वित्तीय विवरण संख्या सुशासनको अवस्था सोल्भेन्सीको अवस्था सूचना प्रविधि, कारोवार, कारोवारको मासिक÷वैम प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, बीमकको निर्णय (माइन्यूट) मानव संशाधनको व्यवस्थापन आ नियन्त्रण प्रणाली, अनियमित तवरबाट भएका काम लगायत आवश्यक ठानेका अन्य विषयमा अनु तथा निरीक्षण गरी प्रतिवेदन सम्बन्धी कार्य गर्दछ ।

बीमकका संचालक समितिको जिम्मेवारी

बीमकका संचालक समितिले बीमा ऐन, बीमा नियमावली, प्रचलित कानून, नेपाल बीमा प्राधिकरणबाट समय समयमा जारी भएका निर्देशन, संचालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन दिग्दर्शन ( म्यानुअल), परिपत्र वा कार्यविधि पालना भए वा नभएको सम्बन्धमा आवश्य कार्यविधि बनाई कम्तीमा तीन तीन महिनामा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दछ । बीमकको संचा समितिको बैठकमा अनुगमन तथा सुपरीवेक्षणको प्रतिवेदनमाथि छलफल गरी सो प्रतिवेदनमा कैफियत उल्लेख गरेको भए संचालक समितिले त्यसको सुधारका लागि कार्यकारी प्रमुखलाई निर्देश दिनसक्छ । यसरी प्राधिकरणमा मात्रै होइन बीमकका संचालक समिति आफैमा पनि नियमन अनुगमनको जिम्मेवारी रहेको बुझिन्छ ।

बीमकले आफ्नो बीमा व्यवसाय स्वच्छ तथा प्रतिस्पर्धी तवरले संचालन गरी उचित मुनाफाक अपेक्षा राख्नु स्वभाविक हो । नियामकले बीमा व्यवसायबाट बीमितको हित संरक्षण गर्नु प्रमुख उद्देश राखेको हुन्छ । मुलुकभित्र कुनै व्यवसाय संचालनमा सरकारले करको अपेक्षा राखेको हुन्छ भने शिक्ष जनशक्तिले रोजगारीको सुनिश्चितता तथा पारिश्रमिकको अपेक्षा राखेको हुन्छ । बीमा व्यवसायसँ प्रत्यक्ष वा अप्रत्यक्षस्पले सरोकार राख्ने व्यक्ति वा संस्था समेतले आर्थिक अपेक्षा गरेको हुन्छ । बीमित गुणस्तरीय बीमा सेवा, समयमा दाबी भुक्तानी तथा बोनस हासिल गर्ने उद्देश्य राखेको हुन्छ । नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकले गर्ने काम कारवाही, वि तथा कानूनसम्मत् होस् भन्ने अपेक्षाले त्यस्ता सेवा प्रवाह गर्ने संस्थाहरुका लागि अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनका आधारमा थुप्रै नियम, निर्देशन, मार्गदर्शन तथा कार्यविधि र परिपत्र जारी गरी नियमनको कार्य गर्दछ । यसरी यी संस्थाहरुबाट सम्पादन हुने कार्य कानूनसम्मत् भए वा नभएको बारे नियमितरुपमा अनुगमन तथा निरीक्षण गर्दछ, ताकि संस्थामा वित्तीय सबलता होस्, सुशासन कायम होस् र दायित समयमा पूरा गर्न सकून् । नियामकले स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा बीमा व्यवसायको शाख बढाउन र लगानीकर्ता, बीमित, कर्मचारी, सप्लायर्स तथा बजार लगायत सम्पूर्ण पक्षहरुको हित एवम् अधिकार रक्षाको उद्देश्यले नियमन तथा अनुगमन सम्बन्धी कार्य गर्दछ ।

नियमनको विधि

नेपाल बीमा प्राधिकरणले बीमा प्रणालीको कुनै पनि नियमनका लागि निर्देशिका, कार्यविधि, मार्गदर्शन लगायतका निर्देशन जारी गर्दा International Association Of Insurance Supervisors (IALS) ले प्रतिपादन गरेका मूलभूत सिद्धान्त, अन्तर्राष्ट्रियस्तरका असल अभ्यास र छिमेकी मुलुकहरूमा नियमनका लागि त्यस्ता प्रकारका निर्देशिका र मार्गदर्शन जारी भएका छन् कि छैनन् भन्ने विषयमा अध्ययन विश्लेषण गर्दछ । यस्ता निर्देशन जारी गर्दा बीमा बजारमा के कस्तो असर पर्दछ ? बीमा प्रणालीभित्र रहेका पक्षहरुलाई हित हुन्छ वा हुँदैन ? जस्ता विषयहरुमा विचार गरी बीमक लगायत सर्वसाधारणसँग पटक पटक छलफल गरिन्छ । सरोकारवालाहरुको राय सुझाव समेतको आधारमा नियमनका लागि विज्ञ व्यक्ति सहित प्राधिकरणबाट मस्यौदा गरिन्छ । मस्यौदामाथि प्राधिकरणका विभिन्न महाशाखा र शाखाहरमा छलफल गरिन्छ । तत्पश्चात् प्राधिकरणका सबै अधिकारीहरुको राय सुझाव सहित मस्यौदालाई अन्तिम रूप दिई प्राधिकरणबाट गठित कानूनी दस्तावेज उप समितिमा पेश भई छलफल तथा थप संशोधन लगायत भाषागत परिमार्जन तथा कानूनी ढाँचामा तयार गरिन्छ । उक्त उप–समितिबाट स्वीकृत भएको मस्यौदालाई प्राधिकरणको संचालक समितिमा पेश भई छलफल पश्चात् थप परिमार्जन गर्नुपर्ने भए परिमार्जन गरी वा नगर्नु पर्ने भएमा हुबहु स्वीकृत हुन्छ । यसरी निर्देशिका, निर्देशन, मार्गदर्शन स्वीकृति पश्चात् माइन्युटमा संचालकहरुको हस्ताक्षरपछि कानूनी रुपमा लागू हुन्छ ।

सुपरीवेक्षण तथा निरीक्षण

नेपाल बीमा प्राधिकरणले आफ्नो सङ्गठनात्मक संरचना अन्तर्गत स्थलगत सुपरीवेक्षण, गैहस्थलगत सुपरीवेक्षण, आकस्मिक सुपरीवेक्षण र जोखिममा आधारित सुपरीवेक्षण गरी जम्मा चार प्रकारले बीमक, मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको अनुगमन तथा सुपरीवेक्षण सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

स्थलगत सुपरीवेक्षण

स्थलगत सुपरीवेक्षणमा खटिएको टोलीले बीमकको कार्यालयमा गई बीमकले बीमा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, बीमादरको पालना, जोखिमाङ्कन, दाबी भुक्तानी, पुनर्बीमा, व्यवस्था खर्च, उधारो बीमा, पूँजी बजार, लगानी, कुनै किसिमको अनियमितता तथा संस्थागत सुशासन पालना भए नभएको बारेमा जानकारी लिन्छ । यसैगरी, सूचना प्रविधि, सम्पत्ति शुद्धीकरण, पुनर्वीमक तथा अन्यसँग लिन दिन बाँकी रकम, अभिकर्ता ऋण, सर्भे प्रतिवेदन तथा वित्तीय विवरण लगायतका बारेमा समेत टोलीले जानकारी लिन्छ । टोलीले ती सबै जानकारी लिइसकेपछि जाँचबुझ गरी सुझाव सहित प्रतिवेदन पेश गर्दछ । सो कार्यका लागि ५ देखि ७ जनासम्मको निरीक्षण टोली गठन गरी बीमकको कार्यालयमा पठाइन्छ ।

गैह्रस्थलगत सुपरीवेक्षण

गैह्रस्थलगत सुपरीवेक्षण अन्तर्गत प्राधिकरणले बीमकबाट प्राप्त तथ्याङ्क, विवरण, प्रतिवेदन लगायत बीमा बजारबाट प्राप्त जानकारी र अन्य सम्बन्धित सूचनाका आधारमा अध्ययन तथा विश्लेषण गरी निरीक्षण सम्बन्धी कार्य गर्दछ । गैह्रस्थलगत सुपरीवेक्षण अन्तर्गत मुख्यरुपमा बीमकहरुको वार्षिक वित्तीय विवरण अध्ययन तथा विश्लेषण गरी आवश्यक शर्तहरु सहित बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० बमोजिम स्वीकृत गर्दछ ।

बीमकको त्रैमासिक लगानीको अध्ययन एवम् विश्लेषण लगानी सम्बन्धी निर्देशिका, २०८० को आधारमा गर्दछ । यसका साथै तोकेका क्षेत्र तथा बीमा बाहेकका क्षेत्रमा बीमकको माग बमोजिम स्वीकृत अथवा अस्वीकृत गर्दछ । यसैगरी, बीमकको त्रैमासिक वित्तीय परिणामको अध्ययन तथा विश्लेषण गर्दछ । जीवन तथा निर्जीवन बीमक, पुनर्बीमक र लघुबीमकको अन्तरिक लेखापरीक्षण प्रतिवेदनलाई बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी निर्देशिका, २०८० बमोजिम अध्ययन तथा विश्लेषण गर्दछ । आन्तरिक लेखापरीक्षणमा देखिएका कैफियतको गम्भिरतालाई हेरी बीमकका संचालक समिति तथा व्यवस्थापनलाई पुन कैफियत नदोहोरिने गरी कार्य गर्न निर्देशन दिइन्छ । यसका साथै मासिक कारोवार, दाबीको सख्या तथा भुुक्तानी भएको रकम लगायतको विवरण विश्लेषण गरी प्राधिकरणबाट आवश्यक निर्देशन दिइन्छ । स्थलगत सुपरीवेक्षण अन्तर्गत बीमकको व्यवस्थापन जगेडा कोष, पूँजी प्रिमियम ल्याप्स सरेण्डर, पुनर्बीमा बीमा अभिकर्ता कमिशन खर्च प्राधिकरणबाट जारी नीति निर्देशनको पालना, बोनस, जीवन बीमा कोष, दाबी भुक्तानी, सुशासन लगायतका अन्य विषयहरुमा आवश्यक अध्ययन विश्लेषण गरी बीमकको गेहस्थलगत सम्बन्धी निरीक्षणको कार्य गर्दछ ।

जोखिममा आधारित सुपरीवेक्षण

नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित सुपरीवेक्षणका लागि जोखिममा आधारित सुपरीवेक्षण सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । यो सुपरीवेक्षणको नयाँ विधि हो। यस विधि बमोजिम बीमकको जोखिम प्रोफाइलका आधारमा सुपरीवेक्षण कार्यको शुरुवात गरिएको छ ।

आकस्मिक निरीक्षण

नेपाल बीमा प्राधिकरणमा प्राप्त सूचना, गुनासो तथा उजुरीका आधारमा निरीक्षण सम्बन्धी कार्य गरिन्छ । विभिन्न अनुसन्धानकारी निकायहरु, जस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतको आदेशमा निरीक्षण गरिन्छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय जानकारी इकाई तथा अनय निकायको आवश्यकता तथा आदेशका आधारमा आकस्मिक निरीक्षण गरिन्छ । यसरी निरीक्षण गर्दा तोकेको विषयमा केन्द्रित भई निरीक्षण गरी निष्कर्ष सहितको प्रतिवेदन तयार गरिन्छ । यस्तो प्रतिवेदन सम्बन्धित निकायमा प्राधिकरणले पेश गर्दछ । निरीक्षण प्रतिवेदनका आधारमा सम्बन्धीत पक्षलाई आवश्यक कारवाही गरिन्छ ।

नेपाल बीमा प्राधिकरणबाट निरीक्षण तथा अनुगमनका लागि गठित टोलीले सुपरीवेक्षण गर्नुपर्ने विषयहरुको सूचना तथा जानकारी गैह्रस्थलगत शाखा लगायत अन्य शाखाबाट प्राप्त गर्दछ । टोलीले सुपरीवेक्षणको योजना बनाउँछ, समस्या तथा गुनासो वा उजुरी विषयवस्तुमा छलफल गरी अन्य महाशाखा तथा शाखाहरूसँग जानकारी र सूचना आदान–प्रदान गर्दछ । बीमक तथा सम्बन्धित निकायमा पुगेर निरीक्षण गर्न गठित टोलीका प्रमुखले बीमकका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदाधिकारीसँग निरीक्षणको विषयमा छलफल गरी आवश्यक सूचना, तथ्याङ्क, कागजात तथा विवरण, निर्णयहरुको परीक्षण तथा अध्ययन विश्लेषण गरी तोकिएको समयावधिभित्र प्रतिवेदन तयारी गरी प्राधिकरणमा दर्ता गराउँदछ । प्राधिकरणमा अध्यक्षको संयोजकत्वमा कार्यकारी निर्देशक, निर्देशक सहितको निरीक्षण प्रतिवेदन कार्यान्वयन समितिमा निरीक्षण प्रतिवेदनमाथि छलफलका लागि पेश हुन्छ ।

निरीक्षण प्रतिवेदनमाथि छलफल पश्चात् प्रतिवेदनमा उल्लेखित कैफियत सहित सात दिनको समय दिई स्पष्ट धारणा बीमकसँग माग गरिन्छ । निरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतको विश्लेषण गरे त्यसको गम्भिरतालाई ध्यानमा राखी सुधारका लागि बीमकलाई समय सीमा तोकिन्छ भने कतिपय कैफियतका सन्दर्भमा पुनः नदोहोरिने गरी काम गर्न निर्देशन दिने गरिन्छ । आर्थिक दण्ड गर्नुपर्ने अवस्थामा प्राधिकरणको संचालक समितिबाट निर्णय हुन्छ र बीमा ऐन, २०७९ बमोजिम आवश्यक दण्डात्मक कारवाही हुन्छ ।

नियामकीय कारवाही सम्बन्धी व्यवस्था

नेपाल बीमा प्राधिकरणले बीमा नियमनकारी निकायका रूपमा बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रयायकहरुलाई नियमन, निरीक्षण तथा अनुगमन गरी बीमा व्यवसायमा हुनसक्ने बदमासी एवम् जालसाजीलाई नियन्त्रण गर्नुका साथै बीमा व्यवसाय मार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा हुने लगानीलाई नियन्त्रण गर्दछ । बीमक, मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायकको नियमन, निरीक्षण तथा अनुगमन गरी बीमा व्यवसायलाई जिम्मेवार र जवाफदेही बनाउन र बीमा क्षेत्रको गुनासो सुनुवाई प्रक्रियालाई प्रभावकारी बनाई बीमा बजारमा विश्वसनीयता अभिवृद्धि गर्न नेपाल बीमा प्राधिकरण क्रियाशिल रहेको छ । नियमन तथा अनुगमन प्रणालीलाई नविनतम् सूचना प्रणालीमा आधारित बनाउन प्राधिकरणले क्रमिकरुपमा थप जनशक्तिको व्यवस्था गर्दै आएको छ । साथै, आवश्यक कार्यक्रम तथा बजेटको पनि व्यवस्था गर्ने गरेको छ ।

कुनै बीमकले बीमा ऐन, २०७९ वा यस अन्तर्गत बनेका नियम, विनियम वा निर्देशन वा आदेश उल्लङ्घन गरेको पाइएमा वा नेपाल बीमा प्राधिकरणमा गलत विवरण वा तथ्याङ्क पेश गरेको देखिएमा त्यस्तो बीमक वा निजको कुनै संचालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई लिखितरूपमा सचेत गराउने वा चेतावनी दिने, सुधारका लागि कबुलियत गराउने वा निश्चित अवधि तोकि कुनै सुधार गर्न आदेश दिने, बीमकको सम्पत्ति वा बहीखाता नियन्त्रणमा लिने, शेयरधनीलाई वितरण गर्ने लाभांश, बोनस शेयर वा हकप्रद शेयर वितरण वा जारी गर्न रोक लगाउने, बीमकको संचालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी तथा बीमा मध्यस्थकर्तालाई निलम्बन गर्ने वा निलम्बन गर्न बीमकलाई आदेश दिने, बीमा व्यवसाय संचाल गर्न आशिक वा पूर्ण रोक लगाउने, इजाजतपत्रप्राप्त बीमा कम्पनी खारेज गर्न सम्बन्धित उच्च अदालत समक्ष निर्देशन दिने, जरिवाना तथा दण्ड सजायँ गर्ने, समस्याग्रस्त बीमक घोषणा गर्ने तथा सुधारका लागि निर्देशन दिने, विशेष व्यवस्थापन समूह गठन गर्ने जस्ता नियामकीय कारवाही गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।

नेपाल बीमा प्राधिकरणले नियामकीय कारवाही वा जरिवाना गर्नुअघि सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा व्यक्तिलाई प्रस्ताव गरिएको कारवाही वा जरिवानाको सम्बन्धमा आफ्नो सफाई पेश गर्न सात दिनको म्याद दिई लिखित सूचना दिन्छ । लिखित सूचना प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा अन्य कुनै व्यक्तिले आफ्नो सफाई लिखित रूपमा प्राधिकरण समक्ष पेश गर्दछ । पेश हुन आएको सफाई चित्तबुझ्दो देखिएमा प्राधिकरणले त्यस्तो कारवाही वा जरिवानामा संशोधन गर्न वा खारेज गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।

नियमन, निरीक्षण तथा अनुगमनलाई थप प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने उपायहरू:
१. एकीकृत र स्पष्ट नीति नियम बनाई लागू गर्ने ।
२. निर्देशिका, निर्देशन, मार्गदर्शन र बीमादरमा समय सापेक्ष सुधार गर्ने ।
३. दण्डात्मक सजायँलाई कडाईका साथ लागू गर्ने ।
४. नियमन, निरीक्षणका लागि दक्ष जनशक्ति नियुक्त गर्ने ।
५. निरीक्षण टोलीमा विज्ञ व्यक्ति समावेश गर्ने ।
६. जोखिममा आधारित निरीक्षण पद्धतिको विकास गर्ने ।
७. बीमकको तथ्याङ्क तथा सूचना नेपाल बीमा प्राधिकरणमा रियल टाइममा आधारित हुने गरी
API इन्ट्रिग्रेशन गर्ने ।
८. नियमितरूपमा अनुगमन तथा मूल्याङ्कन गर्ने ।
९. IAIS को Core Principle का आधारमा नियमन, निरीक्षण तथा अनुगमन गर्ने ।
१०. ICT Based सूचना प्रविधिको पहुँच पुयाउने ।
११. उचित तालिमको व्यवस्था गर्ने ।
१२. नविनतम् प्रविधि, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनलाई आत्मसात् गरी कार्य अगाडि बढाउने ।

निष्कर्ष

वित्तीय प्रणाली अन्तर्गत बीमा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको छ । मानव जीवन, सम्पत्ति तथा दायित्वमा आउने जोखिमलाई बीमाले पूर्णरुपमा आर्थिक सुरक्षा प्रदान गर्दछ । बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकबाट प्रवाह हुने बीमा सेवा गुणस्तरीय भरपर्दो र विश्वसनीय हुनु पर्दछ । नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त यी संस्था विधिसम्मत्, स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र उत्तरदायी तवरले चल्नु पर्दछ । यसका लागि नीति नियममा समय सापेक्ष परिमार्जन गर्नु पर्दछ । प्राधिकरणबाट नियमित रूपमा गरिने निरीक्षण तथा अनुगमनबाट बीमकको पूँजी कोष, जगेडा कोष, सोल्भेन्सी, जोखिमाङ्कन, दाबी भुक्तानी, वित्तीय अवस्था, परिपालनको अवस्था आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । साथै, बीमकबाट सम्पादित कार्य बीमा ऐन, नियम बमोजिम भए नभएको एकीन गर्न सकिन्छ । यसका आधारमा आवश्यक नीति निर्धारण गर्न प्राधिकरणलाई सहयोग पुग्दछ । नेपाल बीमा प्राधिकरण बीमा सम्बन्धी आवश्यक नीति निर्धारण गरी सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकासको सुनिश्चितता गर्दै आम नागरिकमा बीमा सेवाको पहुँच पु-याउन र बीमितको हक हित संरक्षण गरी विश्वसनीय बीमा बजार स्थापित गर्न दृढ सल्पित छ ।

(प्रकाशित लेख नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको विशेषाङ्क २०८१ बाट साभार गरीएको हो । लाल प्राधिकरणका निर्देशक हुन्)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*