बाँझो जमिन राखेको छ भने लगत संकलन गर्नुः मन्त्री शाह

धनबहादुर मगर
९ जेष्ठ २०८१, बुधबार ०७:५८

काठमाडौं ।  जेठ ७ गते नेपालको खाद्य अधिकार र खाद्य सम्प्रभुक्ताको संरक्षण, प्रवद्र्धनमा सहजीकरण गर्ने संस्थाको रुपमा स्थापित फियान नेपालको संयोजनमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुक्ता ऐन २०७५ र नियमावाली २०८० को मुख्य प्रावधान कार्यन्वयन, अवसर, चुनौंती र सरोकारवालाको भूमिका विषयक अन्तक्रियात्मक कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त अवसरमा माननीय मन्त्री ज्वाला कुमारी शाहले सरकारले खाद्य अधिकारलाई सही ढंगले उपयोग गर्न स्थानीय तहलाई सक्रिय बनाउनु पर्ने कुरामा जोड दिए । कृषि गर्ने जनशक्ति कम भएको अवस्थामा पालिकाहरुले समस्याको पहिचान गरी काम गर्न आग्रह गरे । उनले त्यसो गर्न सकेमात्र कृषिलाई माथि उठाउन सक्ने बताइन् । किसानहरुलाई उत्साहित बनाउने काम गर्नुहोस् । उनले सबै वर्गले देशको किसानलाई माथि उठाउनु सहयोग आग्रह गरेकी छिन । सकारात्मक भन्दा नकारात्मक तर्फ बढीरहेको बताउँदै तथ्याङ्कको आधारमा परिणाम आउने गरि काम गर्नुपर्ने बताईन । उनले भने ३० को ठाउँमा ४५ को बजेट बनाउनुहोस् ।

उनले थाहै नपाउने गरि खाद्य संकट झेलिरहेको छ । बजारलाई स्थानीय तहबाटै बनाउनु होस् । वजेट बढाउन मन्त्रालयले सहयोग छ र सरकारले किसानको लागि केही ग¥यो भनेर अनुभूति गराउनु होस् । कृषि उत्पादनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकाले बाँझो जमिन राखेको छ भने त्यसको कारण सहित लगत संकलन गरे बाँझो नहुने बातावरण बनाउन पर्ने कुरामा जोड दिइन । राष्ट्रिय कृषक समूहका महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले हामी किसानको समस्या समाधान गर्न असमर्थ भएको छौं । किसानहरुको वर्गीकरण गरेर सेवा र सुविधा प्रदान गर्न राज्यले सुनिश्चिता गरियोस् ।

त्यसैगरि फियान नेपालका पूर्व सदस्य तथा कृषि विज्ञ यमुना घलेले फियान नेपालले नीतिगत रुपमा राम्रो काम गर्दै आएकी बताइन् । साथै यदि कृषिमा उत्पादकत्व वृद्धि गर्न सकेन भने भोकमरीको समस्या आउन सक्ने तर्फ सजग रहनुपर्ने बताइन् । घलेले ७५३ वटै पालिकाहरुमा तथ्याङ्क बनाउन समेत जोडदिइन् । साथै फियान नेपालले खाद्य अधिकारको क्षेत्रमा फरक किसिमले कामगरेको देखाइएको बताइन् । घलेले कृषि र खाद्य सम्प्रभ्ुक्ताको क्षेत्रमा फरक ढंगले काम गरेको बताईन । हालै पारित गरेको कृषि ऐनमा महिलाको नाम दर्ता हुने प्रक्रियामा केही सुधार गर्नुपर्ने बताईन । जमिनको व्यवस्थापन कमजोर बन्दै गरेको बताईन् भने खाद्य सुरक्षाको काउन्सिलको परिषद्मा समावेशी बनाउनु पर्नेकुरामा पनि जोड दिइन् ।

गैरसरकारी संस्था महासंघको अध्यक्ष रामप्रसाद सुवेदीले खाद्य सुरक्षालाई सम्वोधन गर्नेगरि कृषिलाई प्राथमिकता दिनु आग्रह गरे । किसानहरूका लागि मल, बिउविजन जोडदिनु पर्ने बताए । साथै जंगली जनवार जंगली हात्ती, बाँदर, बँदेल, दुम्सीका कारण किसानले निकै सास्ती खानु परेको उल्लेख गर्दै, सामूहिक रुपमा खेती किसानको विकास गर्न आग्रह गरे ।

फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले ६ वर्ष पछि पाएको कृषि ऐनलाई प्रभावकारी बनाउन कृषि मन्त्री सक्षम भएको बताए । मन्त्रीले सक्रियतापूर्वक कार्यन्वयन गर्न सक्छ । कृषि हाम्रो आधार हो । यो ऐनले कृषिमा कोशेढँुगाको रुपमा काम गर्ने आशा राखेको बताए । कृषि विकास उपसचिव प्रमोद कोइरालाले विद्यामान पारित कृषि ऐनले नितिगत प्रक्रियाहरु अगाडि बढाउन माग गरे ।

साथै वितरण, भण्डारण, प्रशोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरे । सरकारले खाद्य परिषद्को संरचनाको कसरी गर्ने ? किसानका लागि कृषिबाट डबल आम्दानी कसरी बढाउने भन्ने हो । चुनांैती र अवसर सँगै भएकाले नीतिगत रुपमा जोडदिनु पर्ने बताए । कार्यक्रमको स्वागत कार्यकारी निर्देशक अशोकमान सिंह, अध्यक्षता गोकर्ण रुपाखेती, र कार्यक्रम संयोजन लक्ष्मी गुरुङले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*