थला परेको बैंकिङ्ग सेक्टरमा रौनकः मौद्रिक नीतिको समीक्षाले उत्साहित लगानीकर्ता, के लगानी गर्ने बेला आएको हो ?

१० जेष्ठ २०८१, बिहीबार १७:४३

काठमाडौँ । लामो समयदेखि थला परेको बैंकिङ्ग सेक्टरमा अब भने लगानीकर्ताको आश पलाएको छ । यो साताभरी वाणिज्य बैंक सेक्टरमा आएको हरियालीले लगानीकर्तालाई केहि हदमा भएपनि राहत मिलेको हो ।

मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन हो । सो समिक्षा आएदेखि बैंकिङ सेक्टर निरन्तर सुधार तिर लम्कि रहेको छ ।

यसअघि बैंकिङ्ग सेक्टरमा लगानी गरेका लगानीकर्ताहरुले अर्बौ रकम गुमाइ सकेका छन् । पछिल्ला समय वाणिज्य बैंकका शेयरधनीहरुले निरन्तर आफ्नो लगानी गुमाउँदै आएका थिए । प्रतिकित्ता ७/८ सय रुपैयाँ लगानी गरेर बैंकमा भित्रिएको लगानीकर्ताले अर्बौ रकम गुमाएका थिए । अहिले केहि बैंकको शेयर न्यूनतम मूल्यमा आइसकेको थियो ।

बैंकका लगानी गर्ने अहिले उत्तम मौका रहेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘म २०५६ सालदेखि पुँजी बजारमा आबद्ध छु । यो अवधिमा सबैभन्दा कम शेयर मूल्य बैंकिङ सेक्टरको पुगेको छ । अहिले शेयर मुल्य न्यूनतम मूल्यमा पुगेको छ । यो बेला लगानी गर्ने उत्तम मौका हो ।’

मौद्रिक नीतिको तेस्रो समिक्षाले लगानीकर्तालाई थप उत्साहित बनाएको उनलको भनाइ छ । ‘हिजोका दिन मनोबल कमजोर हुँदा बैंकमा लगानी आइरहेको छ । अब भने नियामक समेत लचिलो बन्दै गएको छ । बैंकको नाफा समेत बढ्ने देखिन्छ । अब बैंकको लगानीको क्षेत्र समेत खुला भइरहेका छन् । यसले गर्दा बैंक सेक्टर राम्रै हुने देखिन्छ’ ढकालले भने ।

कतिमा किन्न सकिन्छ बैंकको शेयर ?

हाल नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । नेटवर्थको परीपरि सेयर किन्न पाउनु लगानीकर्ताको लागि सुनौलो अवसर अहिले रहेको छ । दोस्रो बजारमा लामो समय होल्ड गर्ने लगानीकर्ताको लागि भने यस्ता कम्पनी अवसरको रुपमा हुन सक्छ ।

पछिल्लो ५।६ महिना यता सेयर बजार निरन्तर घट्दो ट्रेन्डमा छ । पूँजीकरणको आधारमा नेपाली पूँजी बजारमा सबै भन्दा धेरै हिस्सा ओकट्ने वाणिज्य बैंकहरु प्रतिसेयर नेटवर्थको नजिकको हाराहारीमा पुगेको छ । मर्जरपछि तीन कम्पनी प्रतिसेयर नेटवर्थको बोडर लाइनमा पुगेको देखिएको छ । नेप्सेले कम्पनीको सूचीकरणपछि पहिलो कारोबार गर्दा एउटा मूल्य सिमा दिने गर्दछ । नेप्सले कम्पनी नेटवर्थको एक देखि तीन गुणासम्म पहिलो कारोबारको सिमा तोकि दिएको हुन्छ ।

अहिले कुमारी बैंकको शेयर मूल्य सबैभन्दा सस्तो छ । कम्पनीको शेयर प्रतिकित्ता १५४ रुपैयाँमा नै किन्न सकिन्छ । साथै, प्रभु बैंकको १५७.२ रुपैयाँ, एनआइएमबि बैंकको १७१ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १७२ रुपैयाँ, सिटिजन बैंकको १७९ रुपैयाँ र माछापुच्छे बैंकको १९० रुपैयाँमा शेयर किन्न पाइन्छ ।

वाणिज्य बैंक मध्य सबैभन्दा बढी स्टान्डर्ड चार्टड बैंकको शेयर रहेको छ । बैंकको शेयर ५९८ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको ५५० रुपैयाँ, नबिल बैंकको ५१४ रुपैयाँ, एनआइसी एशिया बैंकको ४५२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*