फागुनसम्ममा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे ५९ लाख

१३ जेष्ठ २०८१, आईतवार १६:०४

काठमाडौँ । २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यस्तो देखाएको हो ।

वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेमा पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजारमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

२०८० फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपिएस प्रणालीमार्फत् १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् जसमध्ये पुरुष ९३.२ प्रतिशत र महिला ६.८ प्रतिशत रहेका छन् । ६.२४ वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देशलाई खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १,५९९ म्यानपावर कम्पनीले इजाजतपत्र प्राप्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*