पुँजी बजारका लागि बजेटमा राम्रो नराम्रो दुबै आएन, लगानीकर्ता भन्छन् मार्केटले अब गति लिन्छ

१५ जेष्ठ २०८१, मंगलवार १८:३०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा पुँजी बजारका पुरानै कुरा दोहोरिएका छन् । शेयर बजारलाई प्रभावित गर्ने कुनै पनि बुँदा समेटिएका छैनन् भने चलयमान हुने पनि कुनै विषय बजेटमा उल्लेख छैनन् ।

लगानीकर्ताहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका थिए । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । यसलाई नै अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने लगानीकर्ताको माग गरेका थिए । अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने ब्यवस्था अहिले रहेको छ । उक्त व्यवस्थालाई अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत कायम गर्न माग लगानीकर्ताले राखेका थिए । तर बजेट मार्फत दुबै कुरा समेटिन सकेन् ।

बजेट मार्फत पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने बताइएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार र वस्तु विनिमय बजारको सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने जनाएको छ । निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख गरीएको हो । जुन पुराना बजेटमा समेत समेटिने गरेका थिए ।

यसपटक लगानीकर्ताले अर्थमन्त्री वर्षमान पुन माथि धेरै अपेक्षा राखेका थिए । अर्थमन्त्री पुन नियुक्ति भएकै दिन ६० लाख लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्दता जनाउनु र पुँजी बजार सुधारका लागि सुझाव माग गर्नुले लगानीकर्ता अझै हौसिएका थिए । तर, बजेट मार्फत राम्रो र नराम्रो दुबै कुरा समेटिएको छैन ।

बजेटमा नराम्रो पक्ष कुनै कुरा नआएको हुँदा शेयर बजार अब आफ्नै गतिमा अघि बढ्ने लगानीकर्ता रोहन कार्कीले बताए । उनले नकारात्मक कुरा नआएको भन्दै अब बजार चलयमान हुने कार्कीको तर्कछ ।

लगानीकर्ताको माग सम्बोधन गर्ने कुरा बजेट मार्फत नआएको लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘पुरानै कुरालाई कपि पेष्ट गरेर आएको छ । अहिले पनि शेयर बजारलाई सरकारले सकारात्मक ढङ्गले हेरेन ।’

पोखरेलले बजार चलयमान बनाउने बजेट नआएपनि घट्ने बजेट पनि नआएको तर्क राखिन् । ‘बजेटमा लगानीकर्ताका कुनै माग सम्बोधन सुन सकेनन् । केहि सामान्य सुधारले मार्केट नयाँ लयमा जाने थियो । तर, बजार चलयमान बनाउने बजेट नआएपनि घट्ने पनि देखिदैन’ पोखरेलले भनिन् ।

पुँजी बजारको लागि सरकारले बोल्ने कुरा सधै रेडिमेट रहेको लगानीकर्ता नबराज दाहालले बताए । उनले भने, ‘पुँजी बजारको लागि सरकारले बोल्ने कुरा सधै रेडिमेट हो आवश्यकता अनुसार विकास र विस्तार गरिनेछ । सरकारमा पुँजी बजार बुझ्ने कोहि आएनन् ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*