अन्तु घोषणा पत्र २०८१ सहित सकियो प्रलेसको संगोष्ठी

धनबहादुर मगर
१६ जेष्ठ २०८१, बुधबार १०:१६

ईलाम ।  २०८१ जेठ १२ नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रगतिशील काव्य संगोष्ठी तथा कोशी प्रदेशको साहित्यिक इतिहास, दर्शन, बाल साहित्य, मातृभाषा र सामाजिक शास्त्र, विषयक बृहद वाङ्मय संगोष्ठी २०८१ अन्तु घोषणापत्र सहित सम्मन्न भएको छ ।
लेखक संघले साहित्यिक क्षेत्रमा योगदान पुर्याए वापत कोशी प्रदेशका पूर्व प्रम झलनाथ खनाल, वरिष्ठ साहित्यकार सरोज ओलीलाई सम्मान गरेका थिए ।
उक्त अवसरमा रारा विशेषाङक, सुदुरपश्चिमको ह्याँक, डोटेली भाषामा प्रकाशित गुगुल्डी लगायत साहित्यिक कृतिहरु विमोचन सामुहिक रुपमा गरेका थिए ।
सम्मानित साहित्यिक लेखक ओलीले २०२७ सालदेखि सुखानी साहित्यिक मासिक पत्रिका प्रकाशक तथा सम्पादन गर्दै आएका छन् ।
उक्त अवसरमा सरोज ओलीले आफू श्यामप्रसाद शर्मा, भवानी घिमिरे, रोचक घिमिरेको संगतमा २०१६ साल देखिनै प्रगतिशील साहित्यमा लागिरहेको बताए । उन्नले संक्षिप्त मन्तव्य राख्दै भने काठमाडौंका साथीहरुसँग भेटभयो । २०२७ सालमा लेखेको हडतालै हड्ताल निकै चर्चा ल्यायो । र उनी प्रगतिशील लेखक संघमा २०१६ सालदेखि निरन्तर लाग्दै आएको बताए । प्रगतिशील लेखक संघबाट आफू सम्मानित भएको हर्षित ओलीले आफ्नो आँखाले राम्रोसँग देख्न नसके पनि म नातिनीहरुलाई राखेर लेख्ने गर्छु भने । प्रगतिशील लेखक संघ देश भरी, भारत भरी र संसार भरी फैलदै जाओस् । वर्ग संघर्षलाई मुलमुद्दा बनाएर गरिब जनताको पक्षमा कलम चलाओस भन्ने शुभकामना व्यक्त गरे ।
साथै उनले भने मनमोहन अधिकारी, केशरजंग रायमाझीले गोर्खा भर्ती केन्द बन्द हुनुपर्छ भन्ने आवाज उठाएका थिए । माओवादीले गार्खा भर्ती केन्द बन्द गर्ने भन्थे खै बन्द भएको ! दैनिक ७० हजार नेपाली युवाहरु वैदेशिक रोजगारमा जानु परेको छ ।

सम्मानित हुनुहुने माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल आफ्नो विद्यावारिधीको तयारीमा लाग्दा संगोष्ठीमा उपस्थिति हुन सकेन ।

प्राज्ञ रविमान लम्जेल कोषी प्रदेशको साहित्यिक इतिहास प्रस्तुत गर्दै कोषी प्रदेशको इतिहास लेखनको जिम्मेवारी आफूलाई दिएकोमा धन्यवाद आभार व्यक्त गरे ।
साहित्यकार विद्धान देवेन्द्र सक्तेलले किराँत मुन्धुम साँस्कृतिक अनुपम कार्यपत्र प्रस्तुत गर्दै किराँतीहरु नारीजातिलाई परापूर्वकाल देखिनै सबभन्दा आदर गर्ने जातिको रुपमा रहेको बताए । ढुङ्गे युगको अन्त्य र कषि युगको शुरुमै शिल्पी भाषाका र अर्वाचिन कालको शुरुवात देखिनै किराँत संस्कृति पनि स्वतन्त्र रुपमा विकास हुँदै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सूर्योद्धय नगरपालिकाका मेयर रणबहादुर राइले प्रलेसको साहित्यिक संगोष्ठी कार्यक्रम पर्यटकीय क्षेत्र पूर्वी नेपालको इलाम जिल्लाको अन्तु डाँडालाई रोजेकोमा निकै हर्षित भएको बताए ।

संगोष्ठी कार्यक्रममा गजल विद्यामाथि घनश्याम शर्मा (परिश्रिमि)ले संक्षिप्त समीक्षा गरेका थिए ।
संगोष्ठीमा वाचित कविताहरु माथि प्रा.डा.हरिप्रसाद सिलावालले ५६ वटा गीत, कविता, निवन्ध, कथा, माथि समीक्षा गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति निभाले आफू कलपतिको रुपमा नभई नभई कविको रुपमा उपस्थित भएको बताए ।
संगोष्ठीमा इलामको अन्तुडाँडा होम स्टेमा नेवा देय दवुको सानदार लाखे, ठाकठुके नाँच, प्रस्ततु गरेका थिए ।
लेखक संघका अध्यक्ष डा.मधुसुदन गिरी, उपाध्यक्ष नमुना शर्माको स्वागत मन्त्वय तथा बाबा बस्नेतको कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त बैठक डा.मधुसुदन गिरीको अध्यक्षतामा अन्तु डाँडा घोषणा पत्र २०८१ सहित संगोष्ठी सम्पन्न भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*