नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी विश्लेषण, कस्तो छ समग्र वित्तिय अवस्था ? 

२० जेष्ठ २०८१, आईतवार १६:४४

काठमाडौं ।    नेपाल लाइफको इतिहास हेर्ने हो भने कम्पनीको स्थापना २०५८ साल बैशाख २१ गते भएको हो ।कम्पनीको स्थापनापछि उत्कृष्ट रुपमा व्यवसाय सुचारु गर्ने पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो।कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस पांती थिए ।

दोस्रो प्रमुख कार्यकारी अधिकृत पनि भारतकै बिसी शर्मा थिए ।

तेस्रो सिइओ भने नेपालकै रमेशकुमार भट्टराई थिए ।

यसअघि दुई कार्यकाल सम्हालेका विवेक झाले सिईओलाई बीमा बजारमा थप स्तरीकृत गर्न ठूलो भूमिका खेलेका छन् ।

हाल कम्पनीको सिईओमा प्रविण रमण पराजुली छन् ।

                                                                                                                                                                                                                   संचालक समिति
 
अध्यक्ष: गोविन्द लाल संघाई
संस्थापक शेयरधनी समूह संचालकः कमलेश कुमार अग्रवाल
संस्थापक शेयरधनीः विवेक अग्रवाल
सर्वसाधारण शेयरधनीः विमल प्रसाद ढकाल
सर्वसाधारण शेयरधनीः कृष्ण राज लामिछाने
स्वतन्त्र संचालक:  पारुल ढकाल
संस्थापक शेयरधनी: शक्ति कुमार गोल्यान
व्यवस्थापन समिति
                                                                                                                                       
प्रमुख कार्यकारी अधिकृत(सिईओ) : प्रविण रमण पराजुली
        प्रधान कार्यालय 
                         हेरिटेज प्लाजा, १, दोस्रो तल्ला, कमलादी, काठमाडौं
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०८०र८१ तेस्रो त्रैमासको वित्तिय विवरण
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न सफल भएको छ ।
नेपालकै सबै भन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब ८९ अर्ब १८ करोड ४२ लाख ६२ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । बीमाको जोखिम धारण गर्न सो कोष खडा गरिएको हो । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।
कम्पनीको महावित्ति कोषमा एक अर्ब ११ करोड, जगेडा कोषमा दुई अर्ब २९ करोड रुपैयाँ संचित रहेको छ । ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा २९ अर्ब ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधीमा जम्मा २७ अर्ब २५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको व्यवसाय ७.९७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । देशमा जारी आर्थिक संकटका बीचमा कम्पनीको व्यवसायमा उल्लेख्य गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्यङ्कनको क्रममा तलमाथि हुनेछ ।
कम्पनीले समीक्षा अवधिमा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको मुनाफामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ९.८० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रति शेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ । देशमा जारी आर्थिक संकटका बीचमा समग्र जीवन बीमा व्यवसायमा असर परिरहेको समयमा नेपाल लाइफले भने उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
लेखापरीक्षण नभएको बित्तिय विवरणमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा र प्रति शेयर आम्दानी भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
          निष्कर्षः

नेपाल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट दिएको चुक्ता पुँजी निर्णय अघि नै पुगीसकेको छ। कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको जगेडा कोषको आकार ३० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

कम्पनीको मुनाफा २२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले बीशुल्क आर्जन रकममा ८ प्रतिशतको वृद्धि गर्न सफल भएको छ ।
बीमा लेख संख्यामा २२ प्रतिशतको वृद्धि देखिएको छ ।
कम्पनीले लगानीको क्षेत्र पनि विस्तार गरेको छ। स्रमगमा हेर्दा कम्पनीको ग्रोथ अन्य कम्पनीको तुलनामा अग्रस्थानमै छ।
तेस्रो त्रैमासमा मात्र नभई कम्पनीले कारोबारको आधारमा अग्रस्थान बटुल्दै आफनो साख जोगाउदै आईरहेको छ।

सम्रग जीवन बीमा क्षेत्रमा अग्रस्थान र विश्वासले पनि सधै अग्रस्थानको दर्जा कम्पनीले पाउने गरेको छ।

यस्को मुख्य श्रेय कम्पनीमा व्यवसाय भित्र्याउने अभिकर्ता, पदाधिकारी र दक्ष कर्मचारी र संचालक समितिलाई पनि जान्छ ।

  कम्पनीको लाभांश ईतिहास

१० बर्षे लामो लाभांश इतिहास कोलाउला नेपाल लाइफले सबैभन्दा धेरै लाभांश दिएको आर्थिक बर्ष २०६९र७० हो । कम्पनीले उक्त बर्ष शेयरधनीलाई ७० प्रतिशत बोनस र २८।५ प्रतिशत नगद लाभांश गरी ९८।५ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, सबैभन्दा कम चाँहि कम्पनीले आर्थिक बर्ष २०७६र७७ मा दिएको थियो । कम्पनीले उक्त बर्ष शेयरधनीलाइए १४ प्रतिशत बोनस शेयर र ०।७३६८ प्रतिशत नगद गरी कुल १४।७३६८ प्रतिशत लाभांश दिएको थियो ।

यो आर्थिक बर्षमा कम्पनीले २१।०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा बोनस शेयर शून्य रहेको छ । भने नगद लाभांश वापत २१।०५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

विभिन्न सूचकमा नेपाल लाइफ र अन्य कम्पनीबीच गरिएको तुलनात्मक अध्ययन

 

चुक्ता पुँजीको आधारमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ रहेको छ।तेस्रो त्रैमासमा चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ ।
दोस्रोमा हिमालयन लाइफको चुक्ता पुँजी पनि ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ छ ।

तेस्रोमा नेसनल लाइफको चुक्ता पुँजी ५ अर्बभन्दा धेरै छ । बाँकी ९ कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ भन्दा कम छ ।

संचित कोषको आधारमा

संचित कोषको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीको संचित कोषमा २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ छ ।१ वर्षको अवधिमा ७ कम्पनीको रिटेन्ड अर्निङ बढेको छ भने ५ कम्पनीको घटेको छ ।
सबैभन्दा धेरै रिटेन्ड अर्निङ बढ्नेमा एलआइसी नेपाल रहेको छ । यसको रिटेन्ड अर्निङ १९१.४८ प्रतिशतले बढेको छ ।

खुद बीमाशुल्कको आधारमा

सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । एक वर्षको अवधिमा यस कम्पनीको खुद बीमाशुल्क आर्जन ८.५० प्रतिशतले बढेर २९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
कर्जा तथा लगानीबाट हुने आम्दानीको आधारमा
कर्जा तथा लगानीबाट सबैभन्दा धेरै आम्दानी गर्नेमा नेपाल लाइफ छ । यसको कर्जा तथा लगानीबाट हुने आम्दानी ९.६५ प्रतिशतले बढेर १० अर्ब ९३ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

मुनाफाको आधारमा
खुद मुनाफाको आधारमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनीको खुद मुनाफा ६० करोड रुपैयाँ मुनाफा तेस्रो त्रैमाससम्ममा आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा सन नेपाल लाइफ र तेस्रोमा हिमालयन लाइफ र चौथौमा नेशनल लाइफ रहेको छ।

 

प्रतिसेयर आम्दानीको आधारमा
तेस्रो त्रैमासको अवधिसम्ममा सन नेपाल लाइफको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै रहेको छ।
आईएमई लाइफको दोस्रोमा, तेस्रोमा नेशनल लाइफ र नेपाल लाइफ चौथौमा रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८ पैसा रहेको छ।

नेप्सेमा २०८१/२/२० गते कारोबार भएको ग्राफः
उच्च :६२२ न्यूनः ६०९ बन्दः ६०३


मुख्य सूचकमा
कम्पनीको बीमङ्किय मूल्याङ्कनअघि चैत मसान्तसम्म ५५ करोड ७० लाख ५६हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा कायम गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.२३ गुणा कायम भएको छ । कम्पनीको घोषित बोनसदर ५० देखि ८५ रुपैयाँसम्म रहेको छ

उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*