सामाजिक उत्तरदायित्वको दायरा फराकिलो पार्दै एनआइसी एशिया बैंक

२४ जेष्ठ २०८१, बिहीबार १३:३४

काठमाडौँ । जुन ठाउँमा राज्यको नजर पर्दैन त्यो ठाउँमा एनआइसी एशिया बैंकको आँखा पर्दै आइरहेको छ । गाँस, बाँस र कपासका लागि दिनभरी भौतारिने ब्यक्तिहरुको साहाराको केन्द्रबिन्दुमा एनआइसी एशिया रहदै आएको हो । वाणिज्य बैंकहरुमा अब्बल कहलिने सबल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा समेत जोड दिदै आइरहेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशभरका दुर दराजसम्मका आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक कार्यहरुमा समेत सबल काम गर्दै आइरहेको हो । जनमानस र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत हामीले देशका विभिन्न भौगोलिक क्षेत्रहरुमा रहेका व्यक्तिहरु, स्थानीय व्यापार, शिक्षा, स्वास्थ्य र संस्कृतिको उत्थान गर्नको लागि, देशका विपन्न, गरीब, वृद्ध, अनाथ र पिछडीएका समुदायहरुको लागि शिक्षा, स्वास्थ्य र जिविकोपार्जन गर्ने आधारहरु निर्माण र संरक्षण, वातावरण संरक्षण, सरसफाई, धार्मिक क्षेत्रको संवर्द्धन जस्ता सामाजिक कार्यहरु गर्नको लागि यथेष्ट लगानी गर्दै आएको छ ।

बैकले चालु आर्थिक वर्षको कात्तिकमा जाजरकोटका भूकम्पबाट प्रभावितहरुको लागि ५१ लाख नगद सहयोग रकम प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम सहयोग गरेको छ ।

बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई समेत सम्मान गरेको हो । बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मान गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले पुस्तकालय भवन निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिकामा रहेको श्री मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिकामा रहेको श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालयका लागि भवन निर्माण गरेको छ । त्यसैगरी, बैंकले कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिकामा रहेको श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिकामा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालय र गण्डकी प्रदेशको तनहुस्थित बन्दिपुर गाउँपालिकामा रहेको श्री पवित्रा माध्यमिक विद्यालयको पुस्तकालयमा भवन निर्माण गरी बैंकले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, मधेश प्रदेशको पर्सास्थित वीरगञ्ज महानगरपालिकामा रहेको श्री सिद्धार्थं माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिकामा रहेको श्री पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवन निर्माण कार्य भइरहेको र बाग्मति प्रदेशको चितवनस्थित राप्ती नगरपालिकामा रहेको श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनोट प्रकृया अगाडि बढिसकेको बैंकले जनाएको छ । बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि कुल दुई करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरूप्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

नेपाल सरकारले देशका सम्पूर्ण जनसमुदायमा वित्तीय पहुँच पुयाउने उच्च महत्वको लक्ष्य लिएको सन्दर्भमा बैंकले विकट, ग्रामीण र अर्ध शहरी क्षेत्रहरुमा शाखा सञ्जाल विस्तार गरेर नेपाल सरकारको लक्ष्य हासिल गर्न सहयोग गरेको छ । बैंकिङ्ग सेवाका लागि लामो समय हिडेर आउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले अधिकांश क्षेत्रमा शाखा र शाखा खोल्न नसकिने ठाउँमा विस्तारित काउन्टर खोले भएपनि ग्राहकहरुको सेवामा सक्रिय रहेको छ । घण्टौ लाइन लाग्नु पर्ने समस्यालाई कम गर्ने बैंकले प्राविधिमा नयाँ फड्को मार्दै अघि बढी रहेको हो ।

त्यसैगरी २०८० असार मसान्तमा बैंकले आफ्नो कुल कर्जाको ८.५ प्रतिशत ग्रामीण (गाँउपालिका) क्षेत्रमा विस्तार गरेको छ । बैंकको अधिकांश निक्षेप र कर्जा ग्राहकहरु निम्न तथा मध्यम आय भएका वर्ग रहेका छन् । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*