बारा र चितवनका कृषक बीमा दाबी रकम नपाएर चिन्तित, भुक्तानी नपाए आन्दोलनामा उत्रिने संघको चेतावनी

२५ जेष्ठ २०८१, शुक्रबार १२:५४

काठमाडौं । रामहरी केसीले आफ्नो एक बिघा र भाडामा एक गरेर दुई बिघामा केरा खेती गरेका छन् । पहिलो वर्षबाहेक हरेक वर्ष हावाहुरीले केही न केही नोक्सान गरेकै हुन्छ । यस वर्ष त झन् बारीका सबै केराका बोटगरेर जेठ १७ देखि २० सम्म ठूलो हावाहुरी आएको कारण कृषकहरुमा थप मारमा परेका छन् । क्षतीको रकम बीमाबाट नआएको कारण कृषकहरु थप समस्यामा परेका छन् ।
केसीले बुधबार बिहान ढलेका केरामाथि नै ट्र्याक्टर लगाइरहेका थिए । यसमा धान रोप्ने उनले बताए । त्यो क्षेत्रमा दर्जनौं बिघामा लगाएका केराका बोट केसीको बगानमा जसरी नै सबै ढलेका थिए । अरू किसान बीमाकम्पनीका प्रतिनिधि आएर विवरण लिएपछि मात्रै बोट हटाउने योजनामा थिए । तर केसीले बिमाका प्रतिनिधिलाई पनि कुरेनन् । किनकि उनले केरा खेतीको बीमागरेका थिएनन् । ‘बिमा गरेकाहरूले पनि भुक्तानी नपाएको हैरानी सुनेपछि मलाई चाहना नै जागेन । अलि धेरैमा केरा खेती गरिएछ भने सोचौंला,’ केसीले भने ।

त्यस्तै, आधा बिघामा केरा खेती गरेका चितवनका नर मगर पनि अहिले बीमा दाबी रकमको पैसा नआएको कारण उनी सहित २५ जना भन्दा बढी केरा खेती गर्ने कृषकहरु हावाहुरीको कारणले खेतीमा पर्न गरेको असर र बीमा दाबी भुक्तानी नपाउने बिषयमा थप चिन्तित बनेका छन् ।

केसीले भने जस्तैबीमागरे पनि चितवनका केरा उत्पादक किसानहरूले क्षति भएपछि भुक्तान पाउन समस्या भएको छ । केरा उत्पादक संघले बुधबार पत्रकार सम्मेलन नै आयोजना गरेर १३ महिना हुँदा पनि केरा खेतीमा भएको नोक्सानीको भुक्तानी नपाएको पीडा पोखे । ‘गत वर्ष हावाहुरीले नोक्सान गरेको क्षतिको रकम दुई करोड ५० लाख रुपैयाँ १३ महिनासम्म पनिबीमाकम्पनीबाट भुक्तानी पाएका छैनौं,’ केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले भने । यो साता आएको हावाहुरीले चितवनमा केरा खेतीमा १५ करोड रुपैयाँ बराबरको नोक्सानी गरेको उनले जनाए । ‘गत वर्षकै नोक्सनीको भुक्तानी नपाएका बेला यो पटक झनै ठूलो नोक्सानी भएको छ । यो वर्ष पनि भुक्तानी दिन यस्तै विलम्ब भए केरा किसान उठ्नै नसक्ने गरेर मर्कामा पर्ने छन्,’ उनले भने ।

केरा उत्पादक संघले गत वर्षको बाँकी रकम तत्काल र यो वर्ष भएको क्षतिको विवरण तत्कालै संकलन गरी कागजपत्र बुझाएको ३५ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गर्न माग गरेको छ । ‘सरकारले केरा किसानलाई बचाइराख्न यी माग तुरुन्त पूरा गर्नुपर्छ । अन्यथा हामी चरणबद्ध आन्दोलनमा उत्रनेछौं,’ अध्यक्ष घिमिरेले चेतावनी दिए ।बीमागर्दा प्रिमियम रकममा सरकारले ८० प्रतिशत अनुदान दिने केरा उत्पादक संघका पूर्वअध्यक्ष तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोनका संयोजकसमेत रहेका विष्णुहरि पन्तले बताए ।

किसानले २० प्रतिशत मात्रै बेहोर्नुपर्छ । प्रतिबोट केराको लागत मूल्य २ सय ७५ रुपैयाँ कायम गरेरबीमागरेको हुन्छ । नोक्सान भएबीमाकम्पनीले यसको ९० प्रतिशतसम्म भुक्तान दिन्छ । ‘एक बिघामा मालभोग केरा लगाएको छ भने ३० हजार ३ सय ४९ रुपैयाँ प्रिमियमबापतको रकम हुन्छ । यसमा किसानले कम्पनीलाई ६ हजार ७० रुपैयाँ मात्रै भुक्तान गर्नुपर्छ । सरकारले २४ हजार २ सय ६९ रुपैयाँ अनुदान दिन्छ,’ पन्तले भने । एक बोटमा छिप्पिएको केरा बिक्री गर्न पाए ६/७ सय रुपैयाँ पर्छ ।बीमागरेमा आउने रकम सामान्य राहत जस्तै हुने किसान बताउँछन् । ‘मैले ठाउँठाउँमा जग्गा भाडामा लिएर ३५ बिघा जतिमा केरा खेती गरेको छु । यो पटक सबै नोक्सान भयो भन्दा पनि हुन्छ । बिमाबाट आउने रकमले कम्तीमा ढलेका बोट हटाएर नयाँ जमिन तयार गर्ने खर्च आउला कि भन्ने हो,’ खैरहनी–१० पिपराका किसान बुद्धि चौधरीले भने ।

चितवनका किसानले जग्गा भाडामा लिएर केरा खेती गरेका छन् । वर्षको एक बिघा जमिनको एक लाख रुपैयाँ भाडा तिर्नुपरेको चौधरीले जनाए । ‘बिमा रकम तुरुन्त पाए नयाँ बगानका लागि जमिन तयार गर्न र जग्गा भाडा तिर्न सहज हुने थियो,’ केरा उत्पादक संघका महासचिव जनकराज पन्तले भने । साउन लागेपछि भारतको केरा आउँछ । जेठको अन्तिम र असारमा बिक्री गर्न तयार हुँदै गरेका केरा नोक्सान भएका छन् । ‘हामीले आयातलाई घटाएका थियौं । तर यो वर्ष हावाहुरीले गरेको ठूलो नोक्सानीले चितवन र निजगढका किसानलाई मात्र पीडा दिएको छैन, राष्ट्रिय अर्थतन्त्रमा पनि केही न केही प्रभाव पार्नेछ । किसान अहिले पीडामा छन् तर निराश छैनन् । हामीलाई सरकारले उत्साहित बनाउनुपर्छ,’ संघका पूर्वअध्यक्ष यज्ञप्रसाद शर्मा लक्ष्मणले भने ।

यता कृषि बीमाको बिषयमा बीमा कम्पनीहरुले ‘बजेट प्रबन्ध भएको छ भन्ने रकम अब चाँडै भुक्तानी आउने संकेत दिएको बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*