असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी

२८ जेष्ठ २०८१, सोमबार १८:४४

काठमाडौं ।  आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। जेठमा नै बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७।०६ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ५।८९ प्रतिशतमा झरेको छ।

अझै पनि बैंकहरुमा अधिक तरलता कायमै छ। केन्द्रीय बैंकले बैंकहरुमा अधिक तरलता भएको भन्दै झण्डै डेढ खर्ब रुपैयाँ बजारबाट खिचेको छ। बैंकहरुको सिडि रेशियो औसतमा ८० प्रतिशतमा झरेको छ। यसले बैंकहरुमा अहिले करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।

अहिले बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन निकै धेरै छ। निक्षेप निरन्तर बढ्दा पनि कर्जा लगानी हुन सकेको छैन्। असार महिनामा बैंकरहरु कर्जा लगानी भन्दा बढी कर्जा असुलीमा केन्द्रित हुन्छन्। जसले गर्दा बैंकहरुको कर्जा लगानी सुस्त हुन्छ भने निक्षेप धेरै बढने छ।

असारमा तरलता थप बढ्ने भएको कारणले पनि अहिले धेरै बैंकरहरु निक्षेपको ब्याजदर थप घटाउने पक्षमा देखिएका छन्। ूकर्जा लगानी बढन् सकेको छैन। निक्षेप मात्रै बढ्दा लगानीयोग्य रकम थुप्रिएको छ,ू एक बैंकरले भने ूब्याजदर न्युन विन्दुमा आइसकेको छ तर पनि अझै केहि घटाउनै पर्ने हो कि जस्तो देखिन्छ।

साधारण बचतको ब्याजदर पनि सामान्य घट्न सक्छ। तर, बैंकहरूले यसको ब्याजदर तीन प्रतिशतभन्दा केही माथि नै राख्नुपर्ने हुन्छ।

सर्वसाधारणलाई कम ब्याजदर दिएर आफूले राष्ट्र बैंकमा बढी ब्याजदर पाउने गरेर पैसा राख्न नमिल्ने भएकोले पनि बैंकहरूले साधारण बचतको ब्याजदर पनि धेरै घटाउन सक्ने अवस्थामा भने छैनन्।

जेठमै बैंकहरूले साधारण बचतमा प्रस्ताव गरेको ब्याजदर न्यूनतम ३।५० प्रतिशतसम्म छ। बैंकहरूले जेठ महिनामा साधारण बचतमा ३।५ प्रतिशतदेखि ५।५० प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। करिब डेढ वर्षको अवधिमै साधारण बचतको ब्याजदर आधासम्मले घटेको हो।

गत मंसिर २०७९ मा बैंक तथा वित्तीय संस्थाहरूले साधारण बचत खातामा औसत ७।४६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए। केही बैंकले सो समय केही साधारण बचत खातामै ९ प्रतिशतभन्दा धेरै ब्याजदर दिइरहेका थिए।

अहिले बैंकहरूले साधारण बचतको ब्याजदर पनि धेरै घटाउन सक्ने अवस्था छैन। यस्तोमा केही बैंकले मुद्दती निक्षेपको ब्याजदर पनि घटाउने सम्भावना छ।

जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७।०६ प्रतिशत ब्याजदर दिइरहेका छन्। यो ब्याजदर घटाउने बैंकहरूले प्रस्ताव गरेका सर्वसाधारणले मुद्दतीमा ६।३५ प्रतिशतसम्म ब्याजदर पाउन सक्छन्।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर अघिल्लो महिनाको औसत ब्याजदरमा १० प्रतिशतको दरमा मात्रै बढाउन वा घटाउन पाउँछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*