बीमाको माध्यमबाट वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पुल गठन गर्ने तयारीमा प्राधिकरण

३१ जेष्ठ २०८१, बिहीबार १७:२४

काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरु विपदुबाट जोखिममा रहेको पाइएको छ। सो बिषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर रहेका ६ हजार ६ सय ४३ वडामध्ये ६ हजार ६ सय ६४ वडामा कुनै न कुनै प्रकारको प्राकृतिक विपद्को जोखिम रहेको र सबैभन्दा धेरै जोखिम बाढी रहेको देखिएको छ।

नेपालमा सबैभन्दा बढी क्षति बर्षायाम र प्राकृतिक क्षती हुने गरेको छ । सो बिषयलाई मध्यनजर गरेर नेपाल बीमा प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

बीमा प्राधिकरणले बीमा गराउन र नागरिकको अनेकौँ जोखिम बहन गर्न बीमा कम्पनीहरु खडा गरिरहेको अवस्थामा नागरिक र बीमा कम्पनीहरूलाई जोड्ने केही चिजको कमी भएको कुरामा पनि सहमति जनाएको छ ।

तर, सरकारी तहबाट बीमालाई हेर्ने नजर, बीमा प्रतिको दृष्टिकोण र बीमा बजारलाई विश्वसनीय बनाउन सम्बन्धी निकायले खेल्नु पर्ने भूमिका भने चारैतिरबाट कमजोर देखिन्छ ।

बीमा गर्नका लागि बीमा कम्पनीहरू खुलेको भए पनि साना वा ठुला आपत् विपतले नै मानिसहरूलाई बीमाले कहिले साथ दिने रहेछ भन्ने सिकाउने गरेको बताए ।असारमा निर्देशिका तयार भईरहेको प्राधिकरणले जनाएको छ ।

नेपालमा बिशेष गरी बीमाको प्रिमियम बुझाउन नसक्ने नागरिक बढी मात्रामा रहेका छन् । सो बिषयलाई मध्यनजर गर्दै प्राधिकरणले प्राकृतिक विपत्तिबाट पीडितलाई बचाउन बीमाको माध्यमबाट सहायता गर्ने योजना बनाएको बुझिएको छ।

कार्यालयले जनगणनाको सामुदायिक प्रश्नावलीमा १६ वटा जोखिम उल्लेख गरेर विवरण भरेको थियो । जसमध्ये ६३.३ प्रतिशत वडाले बाढीको जोखिम रहेको उल्लेख गरेका छन्।
सबैभन्दा कम वडामा भने हिमताल विस्फोटनको जोखिम रहेको पाइएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै वडा बाढी र पहिरोको जोखिममा देखिन्छन् ।

देशभरि पहिरोको जोखिम रहेका वडा ५९.७ प्रतिशत आँधी र हुरीबतासको जोखिममा ५२.६ प्रतिशत, वन डढेलोको जोखिममा ३६.७ प्रतिशत, आगलागीको जोखिम ३६ प्रतिशत, असिना ३५.६ प्रतिशत, डुबान २८.९ प्रतिशत र भूक्षयको जोखिम २४.१ प्रतिशत वडामा देखिएको छ ।

असिना र चट्याङ्गको जोखिम क्रमशः ३५.६ र ३३ प्रतिशत वडामा रहेको छ । अतिवृष्टिको जोखिम ६.२ प्रतिशत, खण्डवृष्टि ३.५ प्रतिशत, शितलहर २१.९ प्रतिशत र सुक्खा पहिरोको जोखिम ३६.५ प्रतिशत रहेको छ ।

लूको जोखिम ३ प्रतिशत वडामा रहेको पाइएको छ । हिमपहिरो १.४ र हिमपात विस्फोटनको १.२ प्रतिशत वडामा जोखिम देखिन्छ । कुनै पनि जोखिम नभएको वडाको संख्या १.२ प्रतिशत रहेको तथ्यांक छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*