चुलिँदै वैदेशिक व्यापार घाटाः ४२ मुलुकसँग मात्रै नाफा

१० असार २०८१, सोमबार १०:५९

काठमाडौँ । नेपालको बैदेशिक व्यापार घाटा निरन्तर चुलिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले ११३ मुलुकसँग व्यापार घाटा बेहोर्दा ४२ मुलुकसँगको व्यापार मात्र नाफामा रहेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो । अघिल्लो वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ रहेको पाइएको थियो ।

यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा छिमेकी राष्ट्र भारतसँग रहेको छ । नेपालले भारतसँग आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । व्यापार घाटा धेरै हुने दोस्रो नम्बरमा चीन रहेको छ । नेपालको चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड १८ लाख रुपैयाँ व्यापार घाटा भएको देखिएको छ ।

त्यसैगरी यूएईसँग २६ अर्ब पाँच करोड ४२ लाख, युक्रेनसँग १७ अर्ब २० करोड ७९ लाख, मलेसियासँग १६ अर्ब ४९ करोड १० लाख, अस्टे«लियासँग ११ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । त्यसैगरी अर्जेन्टिनासँग ११ अर्ब ३४ करोड ५७ लाख, फ्रान्ससँग नौं अर्ब ८९ करोड ८६ लाख, इन्डोनेसियासँग नौं अर्ब ६८ करोड ८२ लाख, साउदी अरबियासँग आठ अर्ब ५७ करोड ५६ लाख र दक्षिण कोरियासँग सात अर्ब ९७ करोड ११ लाख रुपैयाँ व्यापार घाटा भएको छ ।

नेपालमा भारतबाट नौ खर्ब आठ अर्ब २९ करोड, चीनबाट दुई खर्ब ७२ अर्ब २८ करोड, यूएईसँग २८ अर्ब ४८ करोड, युक्रेनबाट १७ अर्ब २० करोड, मलेसियाबाट १६ अर्ब ७१ करोड, अष्ट्रेलियाबाट १३ अर्ब ३९ करोड र अर्जेन्टिनाबाट ११ अर्ब ३४ करोड रूपैयाँबराबरको भज्

नेपालले भारतमा ९४ अर्ब ५१ करोड, चीनमा दुई अर्ब ४० करोड, यूएईमा दुई अर्ब ४२ करोड, युक्रेनमा पाँच लाख ७५ हजार, मलेसियामा २२ करोड ८१ लाख, अष्ट्रेलियामा एक अर्ब ६५ करोड दुई लाख र अर्जेन्टिनामा १८ लाख रूपैयाँबराबरको निर्यात गरेको छ । नेपालमा आयात हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र सोका उत्पादन, मेसिनरी तथा पार्टस, कच्चा भटमास, औषधि, विद्युतीय सामग्री, यातायातका साधन र सोका पार्टपुर्जा, कच्चा पाम तेल, अन्न, तयारी पोसाक, दूरसञ्चार सामग्री र सुन रहेका छन् ।

४२ देशसँग नाफा व्यापार

समीक्षा अवधिमा नेपालले डेनमार्कसँग ४४ करोड १६ लाख र अफगानिस्तानसँग ३९ करोड १८ लाख रूपैयाँ नाफा व्यापार गरेको छ । त्यस्तै नेपालले नर्वेसँग १२ करोड १३ लाख, स्वीडेनसँग तीन करोड ४२ लाख, मौरीटानियासँग तीन करोड पाँच लाख, ल्याटिभासँग दुई करोड ८३ लाख, आइसल्याण्डसँग दुई करोड ५२ लाख, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख, माल्दिभ्ससँग दुई करोड ३३ लाख र मौरिसससँग एक करोड ५६ लाख रूपैयाँबराबरका नाफायुक्त व्यापार गरेको छ ।

नेपालले डेनमार्कसँग ७७ करोड ६८ लाख, अफगानिस्तानसँग ४० करोड ३४ लाख, नर्वेसँग १५ करोड ७० लाख, स्वीडेनसँग तीन करोड ४९ लाख, मौरीटानियासँग तीन करोड १२ लाख रुपैयाँ निर्यात रहेको छ । त्यसैगरी ल्याटिभासँग पाँच करोड तीन लाख, आइसल्याण्डसँग दुई करोड ५३ लाख, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख रूपैयाँ, माल्दिभ्ससँग दुई करोड ४१ लाख र मौरिसससँग दुई करोड २४ लाख रूपैयाँबराबरको निर्यात व्यापार गरेको छ ।

नेपालमा डेनमार्कसँग ३३ करोड ५१ लाख, अफगानिस्तानसँग एक करोड १६ लाख, नर्वेसँग तीन करोड ५७ लाख, स्वीडेनसँग सात लाख १२ हजार, मौरीटानियासँग छ लाख ८५ हजार, ल्याटिभासँग दुई करोड १९ लाख, आइसल्याण्डसँग एक लाख ८४ हजार, न्यू क्यालडोनियासँग ११ हजार, माल्दिभ्ससँग सात लाख ८२ हजार र मौरिसससँग ६८ लाख १५ हजार रूपैयाँबराबरको आयात व्यापार भएको छ ।

नेपालबाट प्रमुखतया फलाम तथा सोका उत्पादनहरू, यार्न, उनी गलैँचा, तयारी पोसाक, जुस, अलैँची, प्लाइउड, जुट तथा जुटका सामानहरू, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा र सोका उत्पादनहरू निकासी भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*