ग्रामीण विकास लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, कस्ता छन् अन्य सूूचक ?

२८ श्रावण २०८१, सोमबार १०:५७

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षकासोहि अवधिमा कम्पनी ७ करोड ९१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको थियो

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १६ करोड ४३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।

यता, खुद ब्याज आम्दानी भने १ अर्ब २५ करोड रुपैयाँबाट घटेर ८८ करोड ७६ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ, खराब कर्जा ९.९५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशत रहेको छ । कम्पनीको वितरणयोग्य नाफा भने ३६ करोड ८२ लाख ५० हजार ऋणात्मक रहेको छ ।

यसअवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ (वार्षिक) रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०५ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा छ ।

One thought on “ग्रामीण विकास लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, कस्ता छन् अन्य सूूचक ?

Leave a Reply to [email protected] Cancel reply

Your email address will not be published. Required fields are marked *


*