मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

१३ भाद्र २०८१, बिहीबार ०७:५२

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति संघसस्था वा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

One thought on “मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

  1. Deepak Pandey says:

    Mere share मा राखिदिए पाँच मिनेटमा सेल हुन्छ।

Leave a Reply to Deepak Pandey Cancel reply

Your email address will not be published. Required fields are marked *


*