मलेसियामा रहेका नेपालीलाई एनएमबि बैंकले दिन्छ यस्तो सुविधा

१३ भाद्र २०८१, बिहीबार ११:५२

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मलेसियामा रहेका नेपालीहरूलाई लक्षित गरेर विभिन्न प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसियामा रहेका नेपालीलाई तुरुन्तै बचत तथा रेमिट्यान्स खाता खोल्न सकिने, डिम्याट, सी–आस्वा तथा मेरो शेयर सुविधा, वैदेशिक रोजगारका लागि आरक्षण गरिएको १० प्रतिशत कोटा अन्तर्गत आईपीओका लागि शेयर आवेदन जस्ता सुविधा दिँदै आइरहेको छ ।

यसका अतिरिक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा, मुद्दती खातामा आकर्षक ब्याजदर र कर्जा तथा अन्य विविध बैंकिङ्ग सुविधा समेत प्रदान गर्दै आएको छ । बैंकले भविष्यमा यस्ता सेवा तथा सुविधाहरू बढाउँदै लैजाने बताएको छ ।

One thought on “मलेसियामा रहेका नेपालीलाई एनएमबि बैंकले दिन्छ यस्तो सुविधा

  1. मलेसिया कुन ठाउँमा होला अफिस

Leave a Reply to [email protected] Cancel reply

Your email address will not be published. Required fields are marked *


*