सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न

२ आश्विन २०८१, बुधबार १७:३१

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले काठमाडौँको स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले आज आयोजना गरेको यो कार्यक्रम स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासंघ, डिभिजन वन कार्यालय, रिभोलुशन प्रोजेक्ट र द जेन गुडअल इन्स्टिच्युट नेपालको सहकार्यमा सम्पन्न भएको हो।

वृक्षारोपण अभियान काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित किम्डोल क्षेत्रमा केन्द्रित थियो। यो क्षेत्र ऐतिहासिक तथा धार्मिक महत्वको स्थान भएकाले यसलाई हरियाली र स्वच्छ बनाउन वृक्षारोपण महत्वपूर्ण भएको कम्पनी भनाइ छ। वृक्षारोपणको क्रममा विभिन्न प्रकारका प्रजातिका विरुवाहरु रोपिएका थिए, जसले आगामी दिनमा स्वयम्भू क्षेत्रमा हरियाली थप्ने विश्वास गरिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणीय संरक्षणमा सक्रियतापूर्वक सहभागी हुने लक्ष्य लिएको जनाएको छ।

One thought on “सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा स्वयम्भू परिक्रमा पथमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  1. Ashok Todi says:

    Chankhiji,
    राम्रा शुरुवात गर्नु भएको छ
    शुभेच्छु।

Leave a Reply to Ashok Todi Cancel reply

Your email address will not be published. Required fields are marked *


*