आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

५ कार्तिक २०८१, सोमबार १८:१७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका परीक्षा प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिनेछ।

यो नयाँ व्यवस्था अनिवार्य रूपमा पहिलो वर्षको परीक्षा, विशेषगरी शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन, र कानुन सङ्कायमा लागु हुनेछ। क्रमशः यो नियम दोस्रो, तेस्रो र चौथो वर्षमा पनि विस्तार गरिने जनाइएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले उक्त कुरालाई सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो कदमले विद्यार्थीहरूलाई थप सहजता प्रदान गर्ने र परीक्षाको निष्पक्षतामा सुधार ल्याउने बताएकी छिन्।

त्रिभुवन विश्वविद्यालयको यो निर्णयले शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

2 thoughts on “आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

  1. सानुमा मगर says:

    बिगतका समय देखि english माध्यमको प्रश्न पत्रले गर्दा लामो समय देखि अनुत्तीर्ण हरु का लागि यस् पटक मौका परिक्षा दिनपाउन निर्णय गरेको हुँदा उक्त परिक्षा को प्रश्न नेपाली माध्यम बनाइदिए english माध्यम को प्रश्न नबुजेर धेरै बर्ष देखि अनुत्तीर्ण विद्यार्थी हरु धेरै लाभान्वित हुने थिय

  2. सानुमा मगर says:

    यो बर्ष को मौका परिक्षा दिने पाउने भएकाले ऊनी हरु लाई पनि समेतने गरि निर्णय गरे धरै राम्रो हुनि थियो

Leave a Reply to सानुमा मगर Cancel reply

Your email address will not be published. Required fields are marked *


*