प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

२५ कार्तिक २०८१, आईतवार ०६:४४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर पुनः बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ।

सो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

2 thoughts on “प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

  1. उमेश कुमार इसर says:

    केन्द्रीय कार्यालय बाट मात्र आवेदन दिन पाउछ कि अन्य शाखा बाट आवेदन दिन पाउछ

  2. Santosh Kumar Shah says:

    केन्द्रीय कार्यालय बाट मात्र आवेदन दिन पाउछ कि अन्य शाखा बाट आवेदन दिन पाउछ/के के कागज पत्र दिनुपर्ने हुन्छ। केन्द्रीय कार्यालय जानुपर्ने अनिवार्य छ ?? किन शाखा बाट हुन्न ?? शाखा बाट हुने भए मलाई १०० देखि १५० plus कित्ता लिन्छु।

Leave a Reply to Santosh Kumar Shah Cancel reply

Your email address will not be published. Required fields are marked *


*