पाथीभराको घण्टी बेचेर खाने योजना विफल

फुङ्लिङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलित पुराना घण्टी बिक्री प्रक्रिया स्थगन भएको छ । घण्टी बिक्रीको विषयलाई लिएर बीमापोष्टसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि समितिले घण्टी लिलामबिक्री प्रक्रिया स्थगन गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले विज्ञप्ति जारी गरेर भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञप्तिमा जनाइएको छ । यही मङ्सिर १४ गते समितिले गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।
भक्तजनले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना घण्टी बिक्रीका लागि प्रतिकिलो न्यूनतम तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।
सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले त्यसरी घण्टी बेच्नु भन्दा संग्रहालय बनाएर राख्दा पछिसम्मलाई समितिले आयआर्जन गर्न सक्ने सुझाव दिएका छन् ।
‘पाथीभरामाथि’ एकपछि अर्को प्रहार, लालिगुराँसको फँडानीपछि ‘पुरातात्त्विक महत्वका’ घण्टी बेच्न टेण्डर













