अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

२३ मंसिर २०८१, आईतवार ०८:४९

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ।

गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले दाबी प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई कागजात उपलब्ध गराई दाबी भुक्तानी लिन समेत आग्रह गरेको छ।

समयमै कागजात पेश गरी दाबी नलिएको खण्डमा सम्बन्धित व्यक्तिको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

One thought on “अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

  1. Krishna kumar thakur says:

    मेरो सम्पुर्ण कागजात पेश भइसकेको छ।सर्भयेर रिपोर्ट्को साथमा।मलाइ मंग्लवारको समय दिनु भएको छ।

Leave a Reply to Krishna kumar thakur Cancel reply

Your email address will not be published. Required fields are marked *


*