प्रतिकित्ता एक सयमै कुमारी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

४ पुष २०८१, बिहीबार ०६:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ।

बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यो शेयरमा आज मंसिर ४ गतेदेखि मंसिर १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १० लाख कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

One thought on “प्रतिकित्ता एक सयमै कुमारी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

  1. गोबिन्द शर्मा says:

    घटिमा १० लाख कित्ता भनेपछि ? हो नि सबैले किन्नु पर्दछ !
    जय होस नेता र हाकिम

Leave a Reply to गोबिन्द शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *


*