लक्ष्मी लघुवित्तमा कर्मचारी माग

९ पुष २०८१, मंगलवार ०८:३६

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ।

कम्पनीले सूचना प्रविधि सहायक (आईटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरकाले आवेदन दिन पाउनेछन्।

उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको लागि माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ। साथै अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित पुस २५ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको वेवसाइटबाट अनलाइन भर्नु पर्नेछ।

साथै ६ महिनासम्मको कार्य सन्तोषजनक रहेमा कर्मचारीलाई स्थायी गरिने समेत कम्पनीले जनाएको छ।

2 thoughts on “लक्ष्मी लघुवित्तमा कर्मचारी माग

  1. प्रवीण ठाकुर says:

    कता को लागि हो

  2. Jayram Mandal says:

    Apply for junior assistant

Leave a Reply to Jayram Mandal Cancel reply

Your email address will not be published. Required fields are marked *


*