प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

२६ पुष २०८१, शुक्रबार १०:१३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको बताएको छ। संस्थापक शेयरधनीलाई दिइएको समयभित्र शेयर बिक्री नभएको खण्डमा मात्रै सर्वसाधारणमा बिक्री खुला गरिने व्यवस्था रहेको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

One thought on “प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

  1. Hemchandra guragain says:

    100kitta

Leave a Reply to Hemchandra guragain Cancel reply

Your email address will not be published. Required fields are marked *


*