पुग्यो साइपाल गाउँपालिकामा बैंक, गभर्नर अधिकारीले गरे उद्घाटन

काठमाडौँ। बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन्। यससँगै देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा पुगेको छ।
उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले वित्तीय सेवाको पहुँच विस्तारले ग्रामीण क्षेत्रका नागरिकलाई आर्थिक गतिविधिमा संलग्न हुन थप सहज बनाउने विश्वास व्यक्त गरे।

साइपाल गाउँपालिकाका स्थानीय प्रतिनिधिहरूले बैंकको आगमनलाई विकासको पूर्वाधारका रूपमा स्वागत गरेका छन्। बैंकिङ पहुँचले कृषि, पर्यटन तथा स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल












