सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद थप

११ फाल्गुन २०८१, आईतवार ०७:५३

काठमाडौं । फागुन ६ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरीदका लागि आवेदन दिने म्याद थपिएको छ।

यससँगै फण्डको इकाई खरीदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटोमा फागुन ११ गते निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको हो।

‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई बिक्री खुला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*