ङादी ग्रुप पावरको हकप्रद बाँडफाँड

१३ फाल्गुन २०८१, मंगलवार ०६:१८

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ देखि माघ २९ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर गत सोमबार बाँडफाँड गरेको छ।

कम्पनीले कात्तिक १७ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ७६ लाख ३९ हजार ७३१ कित्ता हकप्रद बाँडफाँड भएको छ। बाँडफाँडमा नपरेको शेयर कम्पनीले यही फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री गर्दैछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकित्ता १०० रुपैयाँमा झण्डै ९ लाख कित्ता शेयर बेच्दै ङादी, सबैले किन्न पाउने

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*