हिमालयन लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फरेन्स भव्य रुपमा सम्पन्न

१७ फाल्गुन २०८१, शनिबार २१:००

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले ब्रान्च म्यानेजर कन्फ्रेन्स भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले काठमाडौंको यल्लो प्यागोडा होटलमा देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज लाल कर्णले सम्पूर्ण ब्रान्च म्यानेजरहरुलाई सम्बोधन गर्दै कम्पनीको व्यवसाय बृद्धि गर्न चालिने आवश्यक रणनीतिको बारेमा जानकारी गराएका छन् ।

साथै कार्यक्रममा सहभागी भएका ब्रान्च म्यानेजरहरुले उक्त तालिममा सहभागी भएका कारण कम्पनीको व्यवसाय बृद्धि गर्न थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

One thought on “हिमालयन लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फरेन्स भव्य रुपमा सम्पन्न

  1. Nabaraj dani chhetri says:

    Keep it up

Leave a Reply to Nabaraj dani chhetri Cancel reply

Your email address will not be published. Required fields are marked *


*