बलेफी हाइड्रोको शेयर किन्ने आज अन्तिम दिन

१९ फाल्गुन २०८१, सोमबार ०७:२८

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर खरिद गर्ने आज (फागुन १९ गते) अन्तिम दिन रहेको छ।

बिक्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेको छ। लकइन अवधि आउदो चैत २९ गते सकिने कम्पनीले जनाएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*