बलेफी हाइड्रोको शेयरमा आजदेखि आवेदन दिन सकिने
५ फाल्गुन २०८१, सोमबार ०७:०६

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर आज फागुन ५ गतेदेखि बिक्रीमा आएको छ।
यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ।
प्रतिकित्ता एक सयमै १८ लाख कित्ता शेयर बेच्दै बलेफी हाइड्रो, सबैले किन्न पाउने