कालीमाटीमा तरकारीः बन्दा र फर्सी ८, कन्य च्याउ ६० रुपैयाँ किलो

१९ फाल्गुन २०८१, सोमबार ०७:५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार बन्दा र हरियो फर्सी ८ रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।

त्यसैगरी स्थानीय काउली १५ रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, लाम्चो भन्टा २० र डल्ले भन्टा ४० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, भिण्डी १०० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, रायोको साग १५ र तोरीको साग २५ रुपैयाँ, बकूला ५० रुपैयाँ र ब्रोकाउली ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*