नेपाली अटो बजारमा लिपमोटरको टी ०३ सार्वजनिक, मूल्य २९ लाख

२० फाल्गुन २०८१, मंगलवार १३:४९

काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी बजारमा लिपमोटरको नयाँ मोडल टी ०३ उपलब्ध भएको छ । सांग्रिला मोटर्सले यस मोडललाई आधिकारिक रूपमा बजारमा भित्र्याएको हो।

यसअघि सी १० एसयूभी प्रस्तुत गरिसकेको लिपमोटरको यो दोस्रो मोडल हो। कम्पनीले यसको प्रारम्भिक मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।

टी ०३ मा ३३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ, जसले पूर्ण रूपमा चार्ज भएपछि ३९५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। यसमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।

सुरक्षाका दृष्टिकोणले टी ०३ मा लक्जरी श्रेणीका सवारीसाधनमा पाइने ८ वटा एयरब्याग उपलब्ध छन्। साथै, यो गाडी पाँच फरक रङमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*