मर्जर प्रस्ताव सहित सम्पदा लघुवित्तले बोलायो साधारणसभा

१२ चैत्र २०८१, मंगलवार ११:०२

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख ६ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा तनहुँ जिल्लाको बन्दिपुर–५ स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले भविष्यमा अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र १ जना महिला सहित संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ७ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लागि तय गरिएका छन्।

सभा प्रयोनार्थ कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा चैत २५ गतेसम्म् कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

One thought on “मर्जर प्रस्ताव सहित सम्पदा लघुवित्तले बोलायो साधारणसभा

  1. Soni kamat says:

    Soni kamat
    Bbs 4th year
    Biratnagar
    Accounts

Leave a Reply to Soni kamat Cancel reply

Your email address will not be published. Required fields are marked *


*