प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको करीब डेढ लाख शेयर बिक्रीमा

८ बैशाख २०८२, सोमबार ०७:१४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

One thought on “प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको करीब डेढ लाख शेयर बिक्रीमा

  1. Niranjan prasad kushwaha says:

    Public share

Leave a Reply to Niranjan prasad kushwaha Cancel reply

Your email address will not be published. Required fields are marked *


*